७५३ स्थानीय तहमध्ये ६ पालिका बाहेक सबै पालिकाको मतपरिणाम सार्वजनिक भएको छ । जसअन्तर्गत नेपाली कांग्रेसले ३२६ पालिका जितेको छ । नेकपा एमालेले २०४ पालिका जितेको छ । यसैगरी, नेकपा माओवादी केन्द्रले १२१ पालिका जित्दा नेकपा एकीकृत समाजवादीले १२, जनता समाजवादी पार्टीले २१ र अन्य पार्टीले ६३ पालिका जितेका छन् ।
‘‘वालेन्द्र वौवा आहाँ एक वेर गाउँ आउ हम सारा गाउँवासी आहाके देखल भेटलाबाट देख रहल छि।’’
नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आज एकैदिन चार वटा नयाँ शाखा स्थापना गरी कारोबार शूभारम्भ गरेको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेसहित ६ जना क्रिकेटरलाई भारतको क्रिकेट खेल सामग्री उत्पादन कम्पनी ‘ज्याप क्रिकेट’ ले प्रायोजन गरेको छ।
काठमाडौं, जेठ ११ गते। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले उपभोक्ताको अधिकार संरक्षण र प्रचलन, आपूर्ति व्यवस्था र वस्तु वा सेवाको मूल्य तथा गुणस्तर निर्धारण सम्बन्धी विषयमा नीति बनाउनेलगायतका महत्वपूर्ण काम, कर्तव्य र अधिकार भएको उपभोक्ता संरक्षण परिषद्लाई सक्रिय बनाइने बताउनुभएको छ। उपभोक्ता संरक्षण परिषद्का अध्यक्षसमेत रहनुभएका मन्त्री बडूले उपभोक्ताको अधिकार संरक्षणका लागि ऐन, नियम, नीतिमा संशोधन, परिमार्जन सम्बन्धी व्यवस्था गरी परिषद्लाई क्रियाशील बनाउने प्रबन्धका लागि मातहतका निकायलाई निर्देशनसमेत दिनुभएको छ। मन्त्री बडूले बजारमा दैनिक उपभोग्य वस्तु तथा सेवाको मूल्यवृद्धि, गुणस्तर, परिमाण, शुद्धता र अनुचित व्यापारिक क्रियाकलापका बारेमा व्यापक असन्तुष्टि बढिरहेकोले त्यस्तो अवस्था अन्त्यका लागि सबै तहका सरकार जिम्मेवार, निजीक्षेत्र इमान्दार र उपभोक्ता सचेत बन्नुपर्ने बताउनुभयो। ‘‘बजारमा अश्वभाविक मूल्यवृद्धि, अनुचित व्यापारिक क्रियाकलाप, बजार अनुगमन गर्ने सरकारी संयन्त्रको प्रभावकारिताका सम्बन्धमा नागरिकले प्रश्न उठाइरहेका छन्’’ माननीय मन्त्रीज्यूले भन्नुभयो, ‘‘आम उपभोक्तालाई केन्द्रमा राखेर आफ्नो क्षेत्राधिकारमा रहेका वस्तु, सेवा र भूगोलमा इमान्दारितापूर्वक सबै तहका सरकार, निकाय र कार्यालयले नियमित बजार अनुगमन गर्नुपर्छ र यसमा सबैको सहयोग आवश्यक छ।’’ उहाँले लोकतन्त्रमा नागरिक नै सबैभन्दा महत्वपूर्ण पक्ष र प्रमुख सरोकारवाला भएकोले विद्यालयदेखि नै उपभोक्ता शिक्षामार्फत सचेतिकरण गर्न आवश्यक प्रबन्ध जरुरी रहेको बताउनुभयो।
नारद कोहारतौलिहवा, जेठ ११ गते।कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाको नगर प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ।नगरप्रमुखमा नेपाली कांग्रेसका अब्दुल कलाम खाँ र उपप्रमुखमा रिताकुमारी कुर्मी निर्वाचित हुनुभएको हो ।नगर प्रमुख खाँले १० हजार दुई सय मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का रामदास चौधरीले ८ हजार ६६८ मत प्राप्त गर्नुभएको छ। खाँ २०७४ को निर्वाचनमा पनि नगर प्रमुखमा निर्वाचित भएका थिए।निर्वाचित भएका खाँ नेपाली कांग्रेस कपिलवस्तुका जिल्ला सभापति हुन् ।त्यस्तै उपप्रमुखमा निर्वाचित कुर्मी ११ हजार १६७ मत प्राप्त गरी निर्वाचित भएकी छन् भने उहाँका निकटतम प्रतिस्पर्धी एमालेकी उम्मेदवार भानमती यादवले ७ हजार दुई सय मत पाउनुभएको छ।उपप्रमुख जित्नु भएकी रिताले सासुको मृत्युपछि उपमेयरको टिकट पाएकी हुन्।उहाँकी सासू शुभावती कुर्मीको उम्मेदवारी दर्ता गरेपछि निधन भएको थियो।त्यसपछि कांग्रेसले रितालाई उम्मेदवार बनाएको हो।उपप्रमुख उम्मेदवार शुभावतीको मृत्युका कारण महाराजगञ्ज नगरपालिकामा जेठ ३ गते निर्वाचन भएको थियो।११ वटा वडा रहेको महाराजगञ्जमा नेपाली कांग्रेसले नगर प्रमुख र उपप्रमुखसहित ८ वटा वडा जितेको छ।त्यसैगरी नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी र जनता प्रगतिशील पार्टीले १/१ वटा वडा जितेको छ।
स्थानीय तह निर्वाचन–२०७९ पछि पूर्वी नवलपरासीमा नेकपा (एमाले) पहिलो पार्टी बनेको छ । आठ स्थानीय तहका ९२ वडा रहेको नवलपुरमा एमालेले २६० पदमा जित हासिल गरेको छ ।
नेकपा (एमाले) को बुधबारको संसदीय दलको बैठकले आगामी निर्वाचनको तयारी गर्ने निर्णय गरेको छ।
सामाजिक सुरक्षा भत्ता बुझ्न भएका एक वृद्धको मृत्यु भएको छ । कैलाली धनगढी १८ फूलवारीका ७४ वर्षीय गुलिराम चौधरीको मृत्यु भएको हो ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनस्तरमा कांग्रेसको लोकप्रियता बढेकाले स्थानीय तहको निर्वाचनमा राम्रो उपलब्धि हासिल गरेको बताउनुभएको छ ।
पाल्पाको रामपुर नगरपालिका–४, देविस्थानका युवा दिलबहादुर थापाको खेतमा ढकमक्क फुलेको सयपत्री फूल ।
गैरआवासीय नेपाली सङ्घले संसदमा विचाराधीन नागरिकता विधेयकलाई छिट्टै टुङ्गोमा पु¥याउने नेपाल सरकारको प्रतिबद्धताको स्वागत गरेको छ ।
काठमाडौं महानगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहले ५६ हजार १४८ मत ल्याउनुभएको छ।
काठमाडौं, जेठ ११ गते । अनुप बरालको निर्देशनमा बनेको फिल्म 'दोख' को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण टोलीले बुधबार फिल्मको पोस्टर सार्वजनिक गर्दै असार २४ गतेबाट प्रदर्शनमा आउने जानकारी गराउनुभएको हो । फिल्ममा दीया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ, रोय दिभ, कमल देवकोटा, सजन थापामगर लगायतका कलाकारको अभिनय छ । फिल्मको कथा राजन कटैतले लेख्नुभएको हो । सविन ज्ञवाली र मनोज अधिकारी निर्माता रहेको फिल्ममा भीम न्यौपाने, ओम गुरुङ, रन्जु वाग्ले कार्यकारी निर्माताको रुपमा हुनुहुन्छ ।शैलेन्द्र डी कार्कीको छायांकन गर्नुभएको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गर्नुभएको हो ।फिल्मको एसोसियट निर्माताको रुपमा सन्तोष पाठक, धर्म अधिकारी, प्रविन पाठक, सुमिता आचार्य, शिशिर खरेल, दिपक खनाल, युवराज भट्टराई हुनुहुन्छ ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले स्थानीय तह निर्वाचनमा विजयी भएका आफ्ना पार्टीका उम्मेदवारहरूलाई जेठ १७ गतेभित्र आ–आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ ।