सर्लाहीका महिला अहिले गोबरको गुइँठा बनाउन ब्यस्त छन् । ग्रामीण भेगमा अझै पनि परम्परागत चुल्होमा गोबरको गुइँठा बालेर खाना पकाउने गरिन्छ । हिजोआज खेतबारीको काम खासै नरहेकाले महिला गुइँठा बनाउन लागिपरेका हुन् ।
कैलालीमा स्कुल बसको ठक्करबाट एक वृद्धको ज्यान गएको छ । गोदावरी नगरपालिका–६ खैरानामा रहेको माउन्ट सैपाल स्कुलको से १ क ४४१ नम्बरको बसको ठक्करबाट सोही ठाउँका ६५ वर्षीय बाटुबट्टे आलेमगरको मृत्यु भएको छ ।
दोलखाको भीमेश्वर नगरपालिकाले महिलालाई किष्टलको गहना बनाउने तालिम प्रदान गरेको छ ।
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पदकै लागि अहिलेको गठबन्धन नभत्किने बताउनुभएको छ । शुक्रबार सुर्खेतको वीरेन्द्रनगरमा राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई मत दिनेबारे छलफल गर्ने उद्देश्यसहित बसेको बैठकमा सो कुरा बताउनुभएको हो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन उडान सफल भएको छ । विमानस्थलमा बुधबार राति सौर्य एयरलाइन्सको जहाज काठमाडौँदेखि पोखरा अवतरण गरेको हो । उक्त जहाज राति ८ बजेर ४५ मिनेट पोखरा विमानस्थलमा अवतरण भएको हो ।
बागलुङको जैमिनी नगरपालिका–४ सर्कुवामा आफ्नै बाबुले दुई वर्षीया छोरीको हत्या गरेका छन् ।
काठमाडौं उपत्यकाका सडकका परेका खाल्डाखुल्डी समयमै पुर्न सकिएको छैन । भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले उपत्यकाका सडकहरूमा रहेका खाल्डाहरू महिनादिनमै पुरिसक्न निर्देशन दिनु भए पनि अझै पूर्णरुपमा खाल्डाखुल्डीहरू पुरिएको छैन ।
एक करोड रुपियाँभन्दा बढी मूल्य पर्ने गरगहना र तीन भारतीय नागरिकलाई चितवन प्रहरीले सार्वजनिक गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बुधबार नेपालगञ्ज विमानस्थलको निरीक्षण तथा अनुगमन गर्नु भई स्तरोन्नतिको कामको प्रगतिबारे जानकारी लिनुभएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले राष्ट्रसेवक कर्मचारीलाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्तिको रूपमा विकास गर्नुपर्ने बत्ताउनुभएको छ ।
मधेश प्रदेशका भाषा, साहित्य, कला र संंस्कृतिको संरक्षण, संवर्धन र विकासका लागि प्रदेश सरकारले गठन गरेको मधेश प्रज्ञा—प्रतिष्ठानको बुधबारदेखि शुभारम्भ गरिएको छ ।
पूर्वी नवलपरासीको कावासोतीमा पहिलो पटक थिएटरमा नाटक मञ्चन भएको छ । साहित्यकार हृदयचन्द्र सिंह प्रधानको ‘एक चिहान’ नाटक नवलपुरमा पहिलो पटक मञ्चन भएको हो।
बढ्दो वायु प्रदूषण न्यूनीकरणका लागि भक्तपुरमा दीर्घकालीन योजना र नीति तथा कार्यक्रम तय गर्नुपर्ने निष्कर्ष निकालिएको छ ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नारायणी नदी भरतपुर महानगरपालिकाको मात्र नभएर देशकै एउटा गहना भएको बताउनुभएको छ ।
ग्रिसमा रेल दुर्घटनामा परी कम्तीमा पनि १५ जनाको ज्यान गएको छ । मङ्गलबार भएको सो दुर्घटनामा १५ जनाको ज्यान गएको ग्रिसका अधिकारीहरुले पुष्टि गरेका छन् ।