सुजन काफ्ले
चरिकोट, फागुन २० गते । दोलखाको भीमेश्वर नगरपालिकाले महिलालाई किष्टलको गहना बनाउने तालिम प्रदान गरेको छ ।
भीमेश्वर नगरपालिकाको सहयोगमा गौरीशङ्कर सामुदायिक पुस्तकालयले सञ्चालन गरेको तालिम आजबाट सम्पन्न भएको हो ।
तालिमका सहभागीले विभिन्न किसिमका किष्टलका गहनाहरू बनाएका थिए । सो गहनाहरू शुक्रबारबाट सुरु भएको दोलखा महोत्सवमा बिक्रीको लागि समेत राखिएको छ ।
तालिमका २० जना सहभागीले सृजनशील लघु उद्यम समूह गठन गरेर सामूहिक रूपमा किष्टलका गहना उत्पादन गर्ने गरेको तालिमका सहजकर्ता रेखा परियारले बताउनुभयो ।
सहभागीलाई प्रमाणपत्र वितरण गर्नुहुँदै भीमेश्वर नगरपालिकाका नगरप्रमुख इश्वरनारायण मानन्धरले महिलालाई व्यवसायीमा अभिप्रेरित गर्दै आत्मनिर्भर बनाउन नगरपालिकाले सहयोग गर्ने बताउनु भयो ।