जनकपुरधामको एक घरको फलामे गेट अचानक खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ।
रुपन्देहीको सैनामैनामा कार ट्रकमा ठोक्किँदा ४ जना घाइते भएका छन् ।
चित्रकार मिठ्ठु थारूको चित्रकला तथा मूर्तिकला लोभलाग्दो छ । ३४ वर्षीय मिठ्ठुले हिँड्डुल गर्दा कुनै अवस्था अथवा दृश्यले छोयो भने त्यसलाई दुरुस्त चित्रमा उतारिदिनु हुन्छ ।
संसारभर एक हजार जीवितै जन्मिएका शिशुमध्ये आठदेखि १० जनामा जन्मजात मुटुसम्बन्धी रोग फेला परेको अध्ययनले देखाएको छ ।
कैलालीमा हाइस गाडीको ठक्करबाट बिहीबार एक जना पैदलयात्रीको मृत्यु भएको छ ।
रौतहटको गौरमा फागुन ४ गते विष्णु महायज्ञका आठौं दिन दर्शनार्थी भक्तजनको भीड लागेको छ ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले फागुन १ गते ‘जनयुद्ध दिवस’लाई राष्ट्रिय दिवसको रुपमा मनाएकोमा असन्तुष्टि व्यक्त गर्नु भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले युवामाथि सिङ्गो राष्ट्रको आशा र भरोसा रहेको बताउनुभएको छ। बिहीबार बिहान काठमाडौंको टुंडिखेलमा आयोजित राष्ट्रिय सेवा दलद्वारा सञ्चालित १७ औँ व्याच सिनियर डिभिजन तालिमको दीक्षान्त कवाजलाई सम्बोधन गर्दै उहाँ साे कुरा बताउनुभएको हो।
नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ५ माझिटारमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बाँकेमा हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियान सफल नभएपछि १३ औं पटक सो अभियान सञ्चालन गरिन लागेकाे स्वास्थ्य कार्यालयले जनाएको छ ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले राष्ट्रपतिमा पार्टी अध्यक्ष महन्थ ठाकुरको प्रस्ताव नेपाली कांग्रेससँग राखेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारी पर्वतको जलजला गाउँपालिकास्थित धार्मिक पर्यटकीय स्थल वराह तालमा निर्माण भएको आदि बराह मन्दिरको उद्घाटन गर्नुभएको छ ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सभामुखको मर्यादामा बसेर व्यवस्थित रूपमा संसद् चलाउने बताउनुभएको छ । कालिगण्डकी गाउँपालिका ७ मा कालिगण्डकी अस्पतालको शिलान्यास गर्नुहुँदै उहाँले कानुनभित्र रहेर सबै काम गर्ने बताउनुभएको हो ।
ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले विपन्न परिवारको घर निर्माण गरी दिएको छ । गाउँपालिकाले पालिकाभित्रका अति विपन्न परिवारको पहिचान गरी घर निर्माण गरेर हस्तान्तरण गरेको हो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले कर्मचारीको सरुवामा अब कसैको भनसुन नचल्ने बत्ताउनुभएको छ।