• ६ भदौ २०८२, शुक्रबार

गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

blog

अविनाश चौधरी

धनगढी, फागुन ११ गते । कैलालीमा हाइस गाडीको ठक्करबाट बिहीबार एक जना पैदलयात्रीको मृत्यु भएको छ । 

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा ५ ख ४०३२ नम्बरको हाइसले गोदावरी नगरपालिका–९ बल्मीस्थित पूर्वपश्चिम राजमार्गमा ठक्कर दिँदा ६५ वर्षीय वृद्ध केहुवा चौधरीको मृत्यु भएको हो । मृतक गौरीगंगा नगरपालिका–६ का बासिन्दा हुनुहुन्छ । 

मृतकको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता एवम् प्रहरी निरीक्षक खगेन्द्र साउदले जानकारी दिनुभयो ।

उहाँका अनुसार हाइस गाडीसहित बाँकेको कोहलपुर नगरपालिका–२ का २९ वर्षीय गाडी चालक नविन सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

पैदलयात्रीको मृत्युपछि अवरुद्ध भएको सडक पनि पुनः सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।