• १३ साउन २०८१, आइतबार

‘जनयुद्ध दिवस’ मनाएकोमा एमाले अध्यक्ष ओलीकाे असन्तुष्टि

blog

नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री के पी शर्मा ओली

काठमाडाैँ, फागुन ११ गते । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले फागुन १ गते ‘जनयुद्ध दिवस’लाई राष्ट्रिय दिवसको रुपमा मनाएकोमा असन्तुष्टि व्यक्त गर्नुभएको छ ।  

बिहीबार आफ्नै जन्मदिनको अवसर पारेर बालकोटस्थित निजी निवासमा आयोजना गरिएको ‘विश्वशान्ति प्रार्थना’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै सरकारले राष्ट्रिय दिवसको रुपमा मनाउने निर्णय गर्नु दुःखद भएको बताउनुभएकाे हाे । 

उहाँले सरकारको यो मानसिकताबाट मुलुकमा अझै पनि हिंसाको मानसिकता र हिंसाप्रति गर्व गर्ने प्रवृत्ति नछुटेको देखिएको उल्लेख गदै त्यस्ता कार्यलाई सही भन्न नसकिने बताउनुभयो । उहाँले हिंसाप्रतिको पुरानो लगाव सम्झिनुको कुनै पनि अर्थ नरहेको पनि बताउनुभयो ।

ओलीले भन्नुभयो, ‘त्यो हिंसाको धङधङी के देखिन्छ भने अहिलेकाे सरकारले यसलाई राष्ट्रिय दिवस भनेर मनाएर फेरि राष्ट्रिय दिवस मनाउने भनेर क्यालेन्डरमा राख्नेसमेत दुःखद निर्णय ग¥यो । त्यसले हिंसाको मानसिकता, हिंसाप्रति गर्व गर्ने प्रवृत्ति नछुटेको देखिन्छ । जुन कुरा सही होइन । सरकारले किन त्यो ग¥यो ? आकस्मिक रुपमा त्यो किन गर्नु प¥यो ? आफैँले त्यो बाटो छोडेर शान्ति प्रक्रियामा आइसकेपछि किन फेरि त्यसको महिमामण्डन गर्नुप¥यो ? त्यो मैले पनि बुझेको छैन ।

उहाँले भन्नुभयाे, यसले सम्झी सम्झीकन हिंसाप्रतिको पुरानो लगाव सम्झिएकोजस्तो मात्रै लाग्छ मलाई । जे होस् नेपाल हिंसाको पक्षमा हुन सक्दैन । नेपाली जनतामा परस्पर लडन्, लडाउने कुरालाई स्वीकार गर्न सकिँदैन । हिजो पनि सकिँदैनथ्यो, आज पनि सकिँदैन र भोलि पनि सम्भव छैन ।’