बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले नयाँ व्यवस्थाबमोजिम सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालनको उद्घाटन गर्नुभएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालगन्जमा पहिलो पटक आयोजना गरिएको विज्ञान मेला उद्घाटन गरेपछि अवलोकन गर्नुभएको छ।
पुतलीबजार नगरपालिका – २ ज्यामिरेमा स्थानीयले बहुउद्देश्यीय भवन निर्माण गरेका छन् ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालगन्जमा पहिलो पटक आयोजना गरिएको हिमालयन विज्ञान मेला मंगलबार उद्घाटन गर्नुभएको छ।
सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले परिवर्तित समयसँगै रेडियोको नेपालको सेवालाई सुधार गर्दै लैजान निर्देशन दिनुभएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दुई बालबालिकाको चिन्ह्र अङ्कित आयोडिनयुक्त नुन खान आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले दुई बालबालिका अङ्कित आयोडिन भएको नुन सेवन गर्न आग्रह गरिएको बताउनुभएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीले निजी स्वार्थ त्यागेर काम गर्न सके आर्थिक समृद्धि सम्भव भएको बताउनु भएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जनयुद्धले व्यवस्था परिवर्तनमा ठूलो भूमिका खेलेको बताउनुभएको छ । जनयुद्ध दिवसको अवरमा नेकपा (माओवादी केन्द्र) दाङ जिल्ला समन्वय समितिले आयोजना गरेको कार्यक्रममा मन्त्री शर्माले जनयुद्ध सामान्य र पार्टी विशेषको मात्र नभएर राष्ट्रिय विषय भएको भन्दै सरकारले अपनत्व लिएको बताउनुभयो ।
सप्तरीको शम्भुनाथ नगरपालिका ७ मोहनपुरमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
विश्व शान्ति तथा मानव कल्याणको कामना गर्दै कीर्तिपुर नगरपालिकाको वडा नम्बर ७ को इटागाेलमा एकहप्ते महापरित्राण पाठ (विशेष पूजा) सञ्चालन भइरहेको छ ।
वाङ्मय शताब्दीपुरुष स्व. सत्यमोहन जोशीको सम्झनामा मिसा साहित्यकार मुनाले हालै लोक साहित्य परिषद बखुंबहाल ललितपुरमा ‘सत्यमोहन जोशी लुमंका’ कार्यक्रमको आयोजना गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले गेटा मेडिकल कलेजमा स्थलगत अवलोकन गर्नुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक विदा दिने निर्णय गरेको छ।
नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य तथा पूर्वमन्त्री महेश्वरजंग गहतराजले गणतन्त्र र संविधानमाथि फेरि पनि प्रहार हुन थालेकाले गणतन्त्रवादी शक्तिहरु एकजुट हुनुपर्नेमा जोड दिनुभएकाे छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागिका नर्वेका राजदूत टाेरून ड्राम्दालले शिष्टाचार भेट गर्नुभएको छ ।