• ११ मंसिर २०८१, मङ्गलबार

प्रधानमन्त्री प्रचण्डद्वारा गेटा मेडिकल कलेज अवलाेकन

blog

प्रधानमन्त्री प्रचण्डले गेटा मेडिकल कलेज अवलाेकन गर्नुहुँदै । तस्बिर – प्रधानमन्त्रीकाे निजी सचिवालय ।

काठमाडाैँ, फागुन १ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले गेटा मेडिकल कलेजमा स्थलगत अवलोकन गर्नुभएको छ ।

नेपालकै पहिलो शहीद दशरथचन्द विश्वविद्यालयका रूपमा विकास गर्ने गरी सरकारले निर्णय गर्ने विषयमा हिजो बालुवाटारमा गेटा मेडिकल कलेजका बारेमा सुदूरपश्चिम क्षेत्रका जनप्रतिनिधि, नेपाल सरकारका मुख्यसचिव, शिक्षा तथा स्वास्थ्य सचिवलगायतसँग छलफल गर्नुभएको थियो । 

सोमबार सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा हुने भ्रमणको दौरानमा प्रधानमन्त्री प्रचण्डले सो कलेजका भ्रमण गर्नुभएको हो ।

नेपालमा स्वास्थ्य विज्ञान विश्वविद्यालय नभएको अवस्थामा यो विश्वविद्यालयले दक्ष चिकित्सक, विशेषज्ञ चिकित्सा सेवा र विशिष्टीकृत चिकित्सकीय र जनस्वास्थ्यसँग सम्बन्धित अनुसन्धानको कमी पूरा हुने विश्वास लिइएको छ ।