गोरखापत्र अनलाइन
काठमाडौँ, माघ २९ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागिका नर्वेका राजदूत टाेरून ड्राम्दालले शिष्टाचार भेट गर्नुभएको छ ।
आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नर्वेका राजदूत टाेरूनले प्रधानमन्त्री प्रचण्डसँग शिष्टाचार भेट गर्नुभएको हाे ।
उहाँहरुबीच आपसी रूचि र बहुपक्षीय विकाससम्बन्धी सहयोग आदानप्रदानबारे छलफल भएको प्रधानमन्त्रीको प्रेस संयाेजक सूर्यकिरण शर्माले जानकारी दिनुभयाे ।