ट्याक्टर दुर्घटना हुँदा शनिबार एक जनाको मृत्यु र दुई जना घाइते भएका छन् । पाणिनी गाउँपालिका वाड नम्बर ८ पङ्गेनीबाट सोही वाडको तल्लो पङ्गेनीमा दाउरा लिन जाने क्रममा लु.२ त. ९२७१ नम्बरको ट्याक्टरको ब्रेक फेल भई ट्याक्टर दुर्घटना भएको हो ।
मुसहर समुदायका बालबालिकालाई नियमित विद्यालयमा अध्ययन गराउन सहज गराउन विभिन्न शैक्षिक कार्यक्रमहरू आवश्यक रहेको बताइएको छ ।
बिर्तामोड नगरपालिका वडा नं. ७ बाह्रघरे ४९ को खेम श्रेष्ठकाे करेन्ट लागेर ज्यान गएको छ ।
उत्तरी इजिप्टमा शुक्रबार चारतले आवासीय भवन भत्किँदा एक बालकसहित कम्तीमा दुई जनाको मृत्यु भएको छ भने अन्य २० जना घाइते भएका छन् ।
नेपाली कांग्रेस केन्द्रीय सदस्य एवम् पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह मुलुकको राजनीतिक स्थायित्वका लागि पुरानो राजनीतिक गठबन्धन कायम हुने सङ्केत गर्नुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले भ्रष्टाचारका विरुद्ध वर्तमान सरकार हदैसम्म निर्मम हुने बताउनुभएको छ । अख्त्यिार दुरुपयोग अनुसन्धान आयोगको ३२ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शनिबार प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो ।
बच्चा जन्मिएपछि बिस्तारै शारीरिक तथा मानसिक विकाससँगै बौद्धिक विकास हुन्छ । हिँडडुल गर्ने, संवाद गर्ने, सामाजिक अन्तर्क्रिया गर्ने, सामाजिक व्यवहारहरू सिक्दै जाने बच्चाको सामान्य विकासक्रम हो ।
नेपाल स्वास्थ्य शिक्षा सङ्घ, त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्काय र शिन्शु विश्वविद्यालयको संयुक्त आयोजनामा २ दिने वृहत् यौनिक शिक्षा सम्बन्धी कार्यमूलक अनुसन्धानमा आधारित कार्यशाला हालै सम्पन्न भएको थियो ।
विना निवेदन अनुदान प्राप्त भएपछि तनहुँको ऋषिङ्ग गाउँपालिका–१, गैराखुदीका रामबहादुर थापा मगर छक्क पर्नुभएको छ । खबर नगरेर कृषि ज्ञान केन्द्र तनहुँको टोली थापाको घरमै मौरीका घार पुर्याउन आउँदा थापाको परिवार अलमलमा परेको थियो ।
घरविहीन भएर आफन्तका घरमा शरण पर्दै आउनुभएका पीडितलाई खाद्यान्नलगायत अत्यावश्यक सामानहरू गुड नेवर्स इन्टरनेस्नल नेपालको ( जिएनआई ) आर्थिक सहयोगमा ती सामाग्री सहयोग गरिएका हुन् ।
युक्रेनका राष्ट्रपति अकस्मात् फ्रान्सको भ्रमणमा पुग्नुभएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलिन्स्कीले फ्रान्सको भ्रमण गर्ने कार्यक्रम पहिले नै तय नभएको भए पनि उहाँ बुधबार अकस्मात् फ्रान्स पुग्नुभएको बताइएको छ ।
टर्की र सिरियाको सीमा क्षेत्रमा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १५ हजार नाघेको अधिकारीहरूले जनाएका छन् ।
आइएसए नेपालको आयोजनामा प्रथम यु –१२ राष्ट्रव्यापी थ्रीबाई थ्री बास्केटबल प्रतियोगिताको आयोजना हुने भएको छ ।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा सुरक्षित आप्रवासन(सामी) कार्यक्रम अन्तरगत वैदेशिक रोजगारका कामदारहरूलाई सामाजिक बहिष्करण प्रभाव न्यूनीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
सभामुख देवराज घिमिरे र नेपालका लागि चिनियाँ राजदूत छेन सोङबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित सभामुखको कार्यालयमा भएको भेटमा उहाँहरुबीच द्विपक्षीय मैत्रीपूर्ण सम्बन्ध, संसदीय गतिविधि आदानप्रदानलगायत विषयमा छलफल भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।