डेढ वर्षअघि ठेक्का पाएको मित्तल निर्माण सेवा, हेटौँडाले पुल निर्माण कार्य सुरु नगरेपछि बर्दघाटका स्थानीयलाई खजुरा खोलामा आवतजावतमा समस्या भएको छ ।
राष्ट्रिय भूमि आयोगले नवलपरासी (बर्दघाट– सुस्ता पश्चिम) जिल्लाको सुनवल नगरपालिकाबाट पनि नयाँ जग्गाको नापजाँच सुरु गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिमसार क्षेत्र सबैका साझा सम्पत्ति भएको उल्लेख गर्दै यसको संरक्षण गर्नु सबैको साझा दायित्व भएको बताउनुभएको छ । सिमसार दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले जलवायुजन्य जोखिम तथा अवाञ्छित मानवीय कारण सिमसार क्षेत्र सङ्कटमा पर्दै गएको उल्लेख गर्नुभएको छ ।
दोलखाको कालिन्चोक गाउँपालिकामा आगलागी हुँदा नौ घर जलेर नष्ट भएका छन् । गएराति गाउँपालिका वडा नम्बर ९ कटुवाचौर बजारमा भीषण आगलागीमा परी नौ घर जलेर पूर्णरुपमा नष्ट भएको हो ।
फिलिपिन्सले आफ्ना चार वटा अतिरिक्त सैन्य आधार इलाकामा अमेरिकालाई सुरक्षित पहुँच प्रदान गरेको छ । फिलिपिन्सले आफूलाई सुरक्षित पहुँच प्रदान सहमति जनाएसँगै अमेरिकालाई दक्षिण चीन सागर र ताइवान वरपर चिनियाँहरूलाई निगरानी गर्न सहज भएको छ ।
नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियु केन्द्रीय कमिटीको २३ औँ महाधिवेशन फागुन २, ३ र ४ गते काठमाडौंमा हुँदैछ ।
बाँके जिल्लाका दुई धार्मिकस्थल पछिल्लो समयमा आएर नेपाल र भारतका धार्मिक पर्यटकको प्रमुख रोजाइमा पर्न थालेका छन् । जिल्लाको राप्तीसोनारी र नरैनापुर गाउँपालिकाको पहाडी क्षेत्रमा रहेका सन्तानेश्वर र बाबा बर्फानी मन्दिरमा हाल आएर भारत र नेपालबाट पुग्ने धार्मिक पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।
भेटका क्रममा उपप्रधानमन्त्री लिङ्देनले ऊर्जाको विकाश, प्रसारण र व्यापार आफ्नो प्राथमिकतामा रहेको उल्लेख गर्दै ऊर्जाको ट्रान्समिसन लाइन विस्तारमा अमेरिकी सरकारको सहयाेग रहने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल आयल निगम लिमिटेडको अमलेखगन्जस्थित मधेश प्रादेशिक कार्यालयबाट २० हजार लिटर डिजेल लोड भई विराटनगरस्थित १ नम्बर प्रादेशिक कार्यालयका लागि छुटेकाे एउटा ट्याङकर सप्तरी प्रहरीको नियन्त्रणमा आएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ पाउद्वारस्थित कालीगण्डकी नदी किनारमा रहेको तातोपानी कुण्ड प्राकृतिक उपचार स्थलका रुपमा विकास हुन थालेको छ ।
रुकुमपश्चिममा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मङ्गलबार राति जिल्लाको मुसीकोट नगरपालिका –१४ छिवाङ ज्युलास्थित डुडे बगरमा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको हो भने एक जना घाइते छन् ।
नेकपा (माओवादी केन्द्र)का निवर्तमान भक्तपुर जिल्ला संयोजक डिपी ढकाल बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलको मुख्य राजनीतिक सल्लाहकार नियुक्त हुनुभएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोषिमा कार्कीले सामाजिक सञ्जालबाट आफ्नै ढंगले प्रचार गरी बजारमा विभिन्न खालका औषधि बिक्री भइरहेको भन्दै नियमन गर्ने संयन्त्र बनाउन आवश्यक रहेको बताउनुभएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ९ शान्तिनगरका दिवश शाहले जीवन रक्षाका लागि सबैसँग आग्रह गर्नुभएको छ ।
प्रहरीको आँखा छल्न नक्कली सवारी चालक खडा गर्ने व्यक्ति र नक्कली चालकलाई पक्राउ गरिएको छ ।