• १२ मंसिर २०८१, बुधबार

भ्रष्टाचार गर्ने कर्मचारी २४ घण्टामा तानिन्छ सामान्य प्रशासनमन्त्री मोदी

blog

कपिलवस्तुको विजयनगर गाउँपालिकामा सम्बोदन गर्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमानलाल मोदी । तस्बिर–जानु पाण्डे

जानु पाण्डे

कपिलवस्तु, माघ २२ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले मुलुकमा सुशासन कायम गर्न राष्ट्रसेवक कर्मचारीले जनताका काममा तीव्रगतिमा लाग्नुपर्ने बताउनुभएको छ ।

कपिलवस्तुको विजयनगर गाउँपलिका अनुगमन तथा भेटघाट गर्ने क्रममा उहाँले सुशासन कायम गर्न भ्रष्टाचारमुक्त बनाउने धारणा राख्नुभयो । कर्मचारीले भ्रष्टाचार गरेको सुन्न आएमा २४ घन्टाभित्र मन्त्रालयमा तानी फेरबदल गर्ने चेतावनी दिनुभएको छ  । 

उहाँले कर्मचारीका समस्या ऐनमार्फत समाधान गर्ने बताउनुभयो । सरकार सङ्घीय कर्मचारी ऐन ल्याउने विषयमा केन्द्रित भएको बताउनुभयो । प्रशासनभित्र बेथितिहरू रहेकोले सुधार गर्दै अन्यायमा परेका कर्मचारीहरूलाई न्याय दिनुपर्नेमा जोड दिनुभयो । 

‘सुगममा बस्नेहरू दुर्गममा जानै नमान्ने दुर्गममा सेवा गरिरहेका कर्मचारी सधैँ दुर्गममै बस्नुपर्ने अवस्थालाई परिवर्तन गर्न आवश्यक छ । राष्ट्रसेवक कर्मचारी कुनै दलका हुँदैनन् । उनीहरूले कुशलतापूर्वक आफ्नो जिम्मेवारी पूरा गर्छन्, ।’ मन्त्री मोदीले बताउनुभयो ।

उहाँले अहिलेको सरकारको पहिलो प्राथमिकता सुशासन रहेको दाबी गर्नुभयो । देशमा सुशासन भएमा विकासले फड्को मार्ने हुँदा सरकारले सुशासन कायम गर्न तत्पर रहेको बताउनुभयो ।

मन्त्री मोदीसँग विजयनगर गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले गाउँपालिकाको प्रशासकीय भवन निर्माण, मदरसा तथा विद्यालयको भवन निर्माण, सडक, थारु सङ्ग्रहालय निर्माण, शङ्करपुर ताल संरक्षणमार्फत सिँचाइ र पर्यापर्यटन प्रवर्धनको परियोजना माग गर्नुभएको थियो ।