भेटका क्रममा उपप्रधानमन्त्री लिङ्देनले ऊर्जाको विकाश, प्रसारण र व्यापार आफ्नो प्राथमिकतामा रहेको उल्लेख गर्दै ऊर्जाको ट्रान्समिसन लाइन विस्तारमा अमेरिकी सरकारको सहयाेग रहने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल आयल निगम लिमिटेडको अमलेखगन्जस्थित मधेश प्रादेशिक कार्यालयबाट २० हजार लिटर डिजेल लोड भई विराटनगरस्थित १ नम्बर प्रादेशिक कार्यालयका लागि छुटेकाे एउटा ट्याङकर सप्तरी प्रहरीको नियन्त्रणमा आएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ पाउद्वारस्थित कालीगण्डकी नदी किनारमा रहेको तातोपानी कुण्ड प्राकृतिक उपचार स्थलका रुपमा विकास हुन थालेको छ ।
रुकुमपश्चिममा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मङ्गलबार राति जिल्लाको मुसीकोट नगरपालिका –१४ छिवाङ ज्युलास्थित डुडे बगरमा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको हो भने एक जना घाइते छन् ।
नेकपा (माओवादी केन्द्र)का निवर्तमान भक्तपुर जिल्ला संयोजक डिपी ढकाल बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलको मुख्य राजनीतिक सल्लाहकार नियुक्त हुनुभएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोषिमा कार्कीले सामाजिक सञ्जालबाट आफ्नै ढंगले प्रचार गरी बजारमा विभिन्न खालका औषधि बिक्री भइरहेको भन्दै नियमन गर्ने संयन्त्र बनाउन आवश्यक रहेको बताउनुभएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ९ शान्तिनगरका दिवश शाहले जीवन रक्षाका लागि सबैसँग आग्रह गर्नुभएको छ ।
प्रहरीको आँखा छल्न नक्कली सवारी चालक खडा गर्ने व्यक्ति र नक्कली चालकलाई पक्राउ गरिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले वर्तमान सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक एवं प्रेस स्वतन्त्रताको पूर्ण ग्यारेण्टीकाे पक्षमा रहेको बताउनुभएको छ ।
देशका विभिन्न सडकमा पक्की पुल निर्माणको काम द्रुत गतिमा बढेको छ । देशमा नयाँ सडक निर्माण तथा विस्तारको क्रम बढेसँगै विभिन्न ठाउँमा रहेका नदी तथा खोलामा पक्की पुलहरू निर्माणको क्रम बढेको हो ।
कैलालीमा छोराले बन्चरो प्रहार गरी आमाको हत्या गरेका छन् । लम्कीचुहा नगरपालिका वडा नम्बर ६ बागमाराका ४० वर्षीय श्रीराम थारुले बन्चरो प्रहार गरेर आमा लगनीदेवी थरुनीको हत्या गरेका हुन् ।
संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटरेसले पाकिस्तानको पेसावरमा सोमबार भएको हिंसाको घटनाको निन्दा गर्नुभएको छ ।
लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले शहीदप्रति श्रद्धासुमन व्यक्त गर्नुभएको छ ।
बुटवल सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा तिनाउ गाँउपालिका – २ भुतखोलामा घुम्न पुगेका एकजनाको भुतखोलाको रह (दह) मा डुबेर मृत्यु भएको छ ।
नयाँ भेटिएका बिरामीमध्ये मधेश प्रदेशमा सबैभन्दा बढी ४० प्रतिशत अर्थात् ९१० जना कुष्ठरोगका बिरामी भेटिएका छन् । लुम्बिनी प्रदेशमा २५ प्रतिशत अर्थात् पाँच सय ८३ जना, प्रदेश नं १ मा तीन सय ४५ जना, सुदूरपश्चिम प्रदेशमा दुई सय पाँच जना, कर्णाली प्रदेशमा ६८ जनालाई कुष्ठरोगी भेटिएका थिए ।