प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले वर्तमान सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक एवं प्रेस स्वतन्त्रताको पूर्ण ग्यारेण्टीकाे पक्षमा रहेको बताउनुभएको छ ।
देशका विभिन्न सडकमा पक्की पुल निर्माणको काम द्रुत गतिमा बढेको छ । देशमा नयाँ सडक निर्माण तथा विस्तारको क्रम बढेसँगै विभिन्न ठाउँमा रहेका नदी तथा खोलामा पक्की पुलहरू निर्माणको क्रम बढेको हो ।
कैलालीमा छोराले बन्चरो प्रहार गरी आमाको हत्या गरेका छन् । लम्कीचुहा नगरपालिका वडा नम्बर ६ बागमाराका ४० वर्षीय श्रीराम थारुले बन्चरो प्रहार गरेर आमा लगनीदेवी थरुनीको हत्या गरेका हुन् ।
संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटरेसले पाकिस्तानको पेसावरमा सोमबार भएको हिंसाको घटनाको निन्दा गर्नुभएको छ ।
लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले शहीदप्रति श्रद्धासुमन व्यक्त गर्नुभएको छ ।
बुटवल सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा तिनाउ गाँउपालिका – २ भुतखोलामा घुम्न पुगेका एकजनाको भुतखोलाको रह (दह) मा डुबेर मृत्यु भएको छ ।
नयाँ भेटिएका बिरामीमध्ये मधेश प्रदेशमा सबैभन्दा बढी ४० प्रतिशत अर्थात् ९१० जना कुष्ठरोगका बिरामी भेटिएका छन् । लुम्बिनी प्रदेशमा २५ प्रतिशत अर्थात् पाँच सय ८३ जना, प्रदेश नं १ मा तीन सय ४५ जना, सुदूरपश्चिम प्रदेशमा दुई सय पाँच जना, कर्णाली प्रदेशमा ६८ जनालाई कुष्ठरोगी भेटिएका थिए ।
परिवारका कोही सदस्य, छिमेकी, आफन्त वा साथीभाइले बारम्बार मृत्युको कुरा गर्नुहुन्छ ? यस्ता कुरा सुनिन्छन् भने समयमै हेक्का राखौँ, त्यसलाई बेवास्ता नगरौं । त्यस्ता व्यक्तिको खानपिन, हिँडाइ, बोलाइ र व्यवहारमा परिवर्तन आए, गम्भीर बनौं ।
गुल्मीमा व्यक्तिगत लगानीमा आकर्षक मन्दिर निर्माण गरिएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका–१३ र गुल्मीदरबार गाउँपालिका–३ को सिमानामा पर्ने भुवने डाँडामा लाखौँ रकम खर्च गरेर एक व्यक्तिको लगानीमा आकर्षक मन्दिर निर्माण गरिएको हो ।
पूर्व गृहमन्त्री रवि लामिछानेले काठमाडौं जिल्ला प्रशासन कार्यालय बबरमहलबाट नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।
गण्डकी प्रदेश सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानुन मन्त्री रोशनबहादुर गाहा थापा नियुक्त हुनुभएको छ । माघ ११ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयबाट उहाँले प्रवक्ताको जिम्मेवारी पाउनुभएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको सरकारले एकल महिलाका माग र मुद्दा सम्बोधन गर्ने बताउँदै त्यसका लागि सामाजिक चेतना र जागरण जरुरी भएको बताउनुभएको छ ।
पाकिस्तानको बलोचिस्तान प्रान्तमा बिहान भएको बस दुर्घटनामा परी ४१ जना यात्रुहरू मारिएका छन् ।
चीनले वैदेशिक व्यापार र लगानी वृद्धि एवं उपभोगमा तीव्रता ल्याउने योजना अघि सारेको छ । चिनियाँ प्रधानमन्त्री लि केकाङको अध्यक्षतामा सम्पन्न राज्य परिषद् बैठकले आर्थिक सुधार र व्यापार विस्तारका लागि यस्तो निर्णय गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाँसबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकसित गरिने बताउनुभएको छ ।