परिवारका कोही सदस्य, छिमेकी, आफन्त वा साथीभाइले बारम्बार मृत्युको कुरा गर्नुहुन्छ ? यस्ता कुरा सुनिन्छन् भने समयमै हेक्का राखौँ, त्यसलाई बेवास्ता नगरौं । त्यस्ता व्यक्तिको खानपिन, हिँडाइ, बोलाइ र व्यवहारमा परिवर्तन आए, गम्भीर बनौं ।
गुल्मीमा व्यक्तिगत लगानीमा आकर्षक मन्दिर निर्माण गरिएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका–१३ र गुल्मीदरबार गाउँपालिका–३ को सिमानामा पर्ने भुवने डाँडामा लाखौँ रकम खर्च गरेर एक व्यक्तिको लगानीमा आकर्षक मन्दिर निर्माण गरिएको हो ।
पूर्व गृहमन्त्री रवि लामिछानेले काठमाडौं जिल्ला प्रशासन कार्यालय बबरमहलबाट नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।
गण्डकी प्रदेश सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानुन मन्त्री रोशनबहादुर गाहा थापा नियुक्त हुनुभएको छ । माघ ११ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयबाट उहाँले प्रवक्ताको जिम्मेवारी पाउनुभएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको सरकारले एकल महिलाका माग र मुद्दा सम्बोधन गर्ने बताउँदै त्यसका लागि सामाजिक चेतना र जागरण जरुरी भएको बताउनुभएको छ ।
पाकिस्तानको बलोचिस्तान प्रान्तमा बिहान भएको बस दुर्घटनामा परी ४१ जना यात्रुहरू मारिएका छन् ।
चीनले वैदेशिक व्यापार र लगानी वृद्धि एवं उपभोगमा तीव्रता ल्याउने योजना अघि सारेको छ । चिनियाँ प्रधानमन्त्री लि केकाङको अध्यक्षतामा सम्पन्न राज्य परिषद् बैठकले आर्थिक सुधार र व्यापार विस्तारका लागि यस्तो निर्णय गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाँसबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकसित गरिने बताउनुभएको छ ।
पूर्व गृहमन्त्री रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन अहिले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा हुनुहुन्छ ।
वरिष्ठ गायक ई. जुजुकाजी रञ्जितको एकल स्वरमा गीति एल्बम ‘मतिनाया गल्ली’ शुक्रबार रुसी सांस्कृतिक केन्द्रमा विमोचित भएको छ ।
कपिलवस्तुको मायादेवी गाउँपालिका ३ विचौवापुरबाट ५५ बोरा मल सहित एक ट्याक्टर नियन्त्रण परेको छ ।
ताप्लेजुङस्थित जिल्ला विपद् व्यवस्थापन समितिले विपन्न परिवारलाई न्यानो सिरक वितरण गरेको छ । समितिले जिल्लाभरका अति विपन्न परिवारलाई शुक्रबार न्यानो सिरक (ब्ल्याङ्केट) वितरण गरेको हो ।
नौबिसे–नागढुङ्गा सुरुङ्मार्ग निर्माणको काम रोकिएको छ । गृह मन्त्रालयले अवैध क्रसर उद्योगहरु बन्द गर्न आग्रह गरेसँगै काम पनि रोकिएको नागढुङ्गा सुरुङ्मार्ग आयोजनाका प्रमुख माधवप्रसाद अधिकारीले बताउनुभयो ।
सरकारले क्रसर उद्योगहरु खुल्न दिने निर्णय गरेपछि त्यसमा आश्रिt मजुदुरहरु खुसी भएका छन् । उद्योग बन्द हुँदा प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा आश्रित करिब एक हजार मजदुर बेरोजगार हुनुपर्दा मजुदरहरु मारमा परेका थिए ।
कालीकोटको एकमात्र सुनथराली विमानस्थल ३७ वर्षपछि तयार भएको छ । वि.सं. २०४२ सालमा निर्माण कार्य सुरु भएको सुनथराली विमानस्थल कालोपत्रेको काम सकिएपछि अब विमान उडान सकिने भएको हो ।