पूर्व गृहमन्त्री रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन अहिले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा हुनुहुन्छ ।
वरिष्ठ गायक ई. जुजुकाजी रञ्जितको एकल स्वरमा गीति एल्बम ‘मतिनाया गल्ली’ शुक्रबार रुसी सांस्कृतिक केन्द्रमा विमोचित भएको छ ।
कपिलवस्तुको मायादेवी गाउँपालिका ३ विचौवापुरबाट ५५ बोरा मल सहित एक ट्याक्टर नियन्त्रण परेको छ ।
ताप्लेजुङस्थित जिल्ला विपद् व्यवस्थापन समितिले विपन्न परिवारलाई न्यानो सिरक वितरण गरेको छ । समितिले जिल्लाभरका अति विपन्न परिवारलाई शुक्रबार न्यानो सिरक (ब्ल्याङ्केट) वितरण गरेको हो ।
नौबिसे–नागढुङ्गा सुरुङ्मार्ग निर्माणको काम रोकिएको छ । गृह मन्त्रालयले अवैध क्रसर उद्योगहरु बन्द गर्न आग्रह गरेसँगै काम पनि रोकिएको नागढुङ्गा सुरुङ्मार्ग आयोजनाका प्रमुख माधवप्रसाद अधिकारीले बताउनुभयो ।
सरकारले क्रसर उद्योगहरु खुल्न दिने निर्णय गरेपछि त्यसमा आश्रिt मजुदुरहरु खुसी भएका छन् । उद्योग बन्द हुँदा प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा आश्रित करिब एक हजार मजदुर बेरोजगार हुनुपर्दा मजुदरहरु मारमा परेका थिए ।
कालीकोटको एकमात्र सुनथराली विमानस्थल ३७ वर्षपछि तयार भएको छ । वि.सं. २०४२ सालमा निर्माण कार्य सुरु भएको सुनथराली विमानस्थल कालोपत्रेको काम सकिएपछि अब विमान उडान सकिने भएको हो ।
मधेश प्रदेशका विना विभागीय मन्त्रीहरूलाई मन्त्रालयको जिम्मेवारी तोक्नेमा सहमत भएको छ । गत पुस २९ गते मुख्यमन्त्रीसँगै नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादव, जनता समाजवादी पार्टीकोबाट सञ्जयकुमार यादव र जनमत पार्टीबाट इन्जिनियर वसन्त कुश्वाहाले विना विभागीय मन्त्रीको शपथ लिनुभएको थियो ।
मधेश प्रदेशमा नेकपा (माओवादी केन्द्र)बाट समानुपातिकतर्फ निर्वाचित दुई जना प्रदेशसभा सदस्यले बुधबार पद तथा गोपनीयताको सपथ लिनुभएको छ । मधेश प्रदेशको प्रदेशसभा सचिवालयमा आयोजित एक कार्यक्रमबीच नेकपा माओवादी केन्द्रका मालाकुमारी कर्ण र रैजी हैदरले आज पद तथा गोपनीयताको सपथ लिनुभएको हो ।
खाल्डाखुल्डी १५ दिनभित्र पुर्न उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले निर्देशन दिनुभए पनि निर्धारित समयमा खाल्डाखुल्डी पुर्न नसकिने सडक डिभिजन कार्यालय, काठमाडौंले जनाएको छ ।
धनकुटाको पर्यटकीय नगरी भेडेटारसँगै रहेको ऐतिहासिक साँगुरीगढी ओझेलमा परेको छ । किरात शासनकालमा यो गढीलाई नेपाल–भारत र भारत–चीन व्यापारको निगरानी गर्नेको रुपमा लिइएको थियो ।
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) मा केवलकार निर्माण गर्न नहुने भन्दै सङ्घर्ष समिति गठन गरिएको छ ।
भारी हिमपात र शक्तिशाली हुण्डरीका कारण जापानका अधिकांश भागको यातायात प्रणाली अवरुद्ध भएको छ । जापानमा यो वर्ष एक दशक यताकै अधिक चिसो र हिमपात भएको छ । प्रतिकूल मौसमका कारण प्रमुख रेलसेवा बन्द गरिएका छन् भने केही स्थगन भएका छन् ।
नेपाली कांग्रेस गुल्मीले जिल्लाका सबै तहमा सम्मेलन गर्ने भएको छ । मङ्गलबार जिल्ला पार्टी कार्यालय बीपी स्मृति भवनमा बसेको जिल्ला कार्यसमितिको आठौँ बैठकले सबै स्थानीय तह र सम्पर्क समितिका नियमित सम्मेलन गर्ने निर्णय गरेको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रभु एयरको हेलिकोप्टरलाई उडानमा रोक लगाएको छ । स्याङ्जाको वालिङ खेलमैदानमा खेल चलिरहेको अवस्थामा माघ ५ गते अनुमति विना हेलिकोप्टर अवतरण गर्दा क्याप्टेन रनेश डङ्गोलले कुटाइ खानुभएको थियो ।