• १९ असार २०८१, बुधबार

नम्बर नभएको ट्याक्टरसहित ५५ बोरा मल बरामद

blog

अनुदानको मल अवैध कारोबार गर्दा कपिलवस्तुमा पक्राउ परेका व्यक्ति। तस्बिर– जिल्ला प्रहरी कार्यालय, कपिलवस्तु

जानु पाण्डे

कपिलवस्तु, माघ १४ गते । कपिलवस्तुको मायादेवी गाउँपालिका ३ विचौवापुरबाट ५५ बोरा मल सहित एक ट्याक्टर नियन्त्रण परेको छ ।

शनिबार बिहान सवा १० बजे नम्बर नभएको ट्याक्टरमा ढुवानी गरेको अवस्थामा इलाका प्रहरी कार्यालय पकडीको प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक शैलेश्वरी बोहराले बताउनुभयो ।

सरकारी अनुदानको मल अवैध रूपमा ओसारपसार भएको प्रहरीले जनाएको छ । सो घटनामा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

ढुवानी गरेको ट्याक्टरको दर्ता नम्बर नभएको हुँदा शङ्कास्पद देखिएको बोहराले जानकारी दिनुभयो । पक्राउ पर्नेको नाम र वतन प्रहरीले गोप्य राखेको छ । प्रहरीले सो विषयमा थप अनुसन्धान सुरु गरेको बताइएको छ ।