• १२ मंसिर २०८१, बुधबार

गण्डकी प्रदेश सरकारको प्रवक्तामा रोशन गाहा

blog

गण्डकी प्रदेश सरकारका प्रवक्ता रोशन गाहा थापा ।

सन्तोष सुवेदी

कास्की, माघ १५ गते । गण्डकी प्रदेश सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानुन मन्त्री रोशनबहादुर गाहा थापा नियुक्त हुनुभएको छ । माघ ११ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयबाट उहाँले प्रवक्ताको जिम्मेवारी पाउनुभएको हो ।

यसअघि सरकारको प्रवक्ता सीताकुमारी सुन्दास हुनुहुन्थ्यो। गण्डकी मन्त्रीपरिषद्ले पूर्णता पाएसँगै थापाले प्रवक्ताको जिम्मेवारी पाउनुभएको हो । तर सो निर्णय भने सार्वजनिक गरिएको थिएन । उहाँ नेकपा एमालेबाट दोस्रो पटक निर्वाचन जितेर गण्डकी प्रदेश सभामा आउनुभएको हो ।

पृथ्वीसुब्बा गुरुङको नेतृत्वको सरकार ढलेपछि भने गाहाले लेखा समिति सभापति हुनुभएको थियो । उहाँ नवलपुर क्षेत्र नम्बर १ (ख)बाट प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्य हुनुहुन्छ ।