• १३ वैशाख २०८१, बिहिबार

रञ्जितको गीति एल्बम ‘मतिनाया गल्ली’ सार्वजनिक

blog

गोरखापत्र अनलाइन
काठमाडौं, माघ १४ गते ।
वरिष्ठ गायक ई. जुजुकाजी रञ्जितको एकल स्वरमा गीति एल्बम ‘मतिनाया गल्ली’ शुक्रबार रुसी सांस्कृतिक केन्द्रमा विमोचित भएको छ ।

विमोचित एल्बममा समावेश भएका गीतका रचनाकार जनकवि दुर्गालाल श्रेष्ठ, मानवअधिकारकर्मी मल्ल के. सुन्दर, संगीतकारद्वय मनराजा नकःमि, जुगल डंगोल, साहित्यकार प्रकाश सायमि, स्वराज शाक्य, केशवराज राजभण्डारी र उहाँले सामूहिक रूपमा विमोचन गर्नुभएका थियो ।

जनकवि श्रेष्ठलाई गायक रञ्जित र उहाँकी धर्मपत्नी कौशल्या रञ्जितले दोसल्ला ओढाएर सम्मान गर्नुभएको सो कार्यक्रममा निशा देशार र रत्नशोभा महर्जन गीत गाउनुभएको भएको थियो । गायक रञ्जितले रुसी भाषामा गीत गाएर कार्यक्रममा थप मनोरञ्जन प्रदान गर्नुभयो ।