प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७/०७८ मा पाँच हजार ८४७ जना बाह्य पर्यटक आएका थिए । चालू आर्थिक वर्षको छ महिनामा २० हजार ७३३ जना पर्यटक आएका छन् । पर्यटकमध्ये भारतबाट ९०.६९, चीनबाट १.८३ र तेस्रो मुलुकबाट आउने पर्यटकको सङ्ख्या ७.४८ प्रतिशत छ ।
परम्परागत खेती छाडेर किवी खेतीमा लागेका किसानले पाँच गुणासम्म फाइदा लिएका छन् । परम्परागत रुपमा मकै, गहुँ, कोदो र तोरी खेती गर्दै आएका किसानले किवी खेतीबाट मनग्य आम्दानी गर्न सफल भएका हुन् ।
नेपाल स्काउटको ५१ औँ उडव्याज तथा ४४ औँ गर्ल्स स्काउट एडभान्स तालिम सम्पन्न भएको छ ।
नेपालगञ्जबाट सोझै मानसरोवरको दर्शन पाउने गरी माउन्टेन फ्लाइट माघ १६ गतेबाट शुरु हुने भएको छ । यो उडान शुरु भएसँगै भारतीय र नेपाली धार्मिक पर्यटकहरुले जहाजबाटै सहज रुपमा कैलाश मानसरोवर दर्शन गर्न पाउनेछन् ।
कैलाली जिल्लामा दुई जनामा दादुरा देखिएको छ भने शङ्कास्पद दुई जनाको नमुना सङ्कलन गरिएको छ ।
महोत्तरी जिल्लाको क्षेत्र नं. २ (ख) बाट निर्वाचित स्वतन्त्र सांसद सरिता साह र पर्सा जिल्लाको क्षेत्र नं. ३ क बाट निर्वाचित स्वतन्त्र सांसद प्रमोदकुमार जैसवाल जनता समाजवादी पार्टी, नेपालमा प्रवेश गर्नुभएको छ ।
स्वास्थ्य सेवा तथा अन्य सेवाको पहुँचभन्दा बाहिर रहेका ज्येष्ठ नागरिकका लागि ‘अध्यक्षसँग ज्येष्ठ नागरिक कार्यक्रम’ सुरु गरिएको छ । सरकारले दिने सेवा ज्येष्ठ नागरिकलाई घरमै दिने उद्देश्यले पूर्वखोला गाउँपालिकाले कार्यक्रम सुरु गरेको हो ।
“आफूलाई हास्य कलाकार भनेर चिनाउन पाउनु नै मेरो जीवनको पहिलो खुसी हो । यसलाई निरन्तरता दिन मैलै अझै मिहिनेत गर्नुपर्छ” ।
नेपाल भारत जमुनाहा नाकाबाट भारतमा २० वर्षमा सात हजार ५७२ जना महिला तथा बालबालिका हराएको निवेदन परेको छ । आफन्त र परिवारद्वारा खोज तलास गरी पाउँ भनी माइती नेपालको नेपालगञ्ज कार्यालयमा सो निवेदन परेको जनाइएको छ ।
जुम्लामा जडीबुटी मिसाएको खाजा खाँदा एक जनाको मृत्यु भएको छ भने तीन जना बिरामी भएका छन् ।
चीनमा अवस्थित जापानी राजदूतावासले जापान जानका लागि चिनियाँ नागरिकलाई प्रवेशाज्ञा सेवा पुनः सञ्चालनमा ल्याएको जनाएको छ ।
सलिम मियाँबिजुवार, माघ ५ गते । डरलाग्दो चट्टानी भीर । साँघुरो र घुम्ती सडक । सडक साँघुरो हुँदा सवारी साधन आउजाउमै मुस्किल । एकातर्फ पहाड र अर्कोतर्फ भीर भएकाले यो सडकमा हिँड्नै डरमर्दो छ ।पहाडको खोंचमा रहेको प्युठानको बड्डाडा चकचके जोड्ने सडकमा दुर्घटनाको जोखिम पनि उत्तिकै छ । उक्त भीरको बाटोमा यात्रा गर्दा विगतमा दर्जनौं यात्रुले दुर्घटनामा परेर ज्यान गुमाइसकेको जिल्ला प्रहरीको तथ्याङ्कले देखाउँछ । तर, अहिले प्युठानको बड्डाडा चकचके सडक खण्डको गर्जेनी भीर फोडेर सडक फराकिलो बनाउने गरी काम सुरु भएको छ।डिभिजन सडक कार्यालय, प्युठानका प्रमुख वीरेन्द्रबहादुर चन्दले गर्जेनी र आसपासका भीर फोडेर सडक चौडा बनाउने गरी काम सुरु भएको जानकारी दिनुभयो ।गएको पुस २८ गतेबाट प्रत्येक दिन बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म पूर्णरुपमा बाटो बन्द गरेर सडक बिस्तारको काम भइरहेको चन्दले बताउनुभयो।भीरको चट्टान काटेर सडक फराकिलो बनाउने जिम्मा आंसु लेकाली जेभीले पाएको छ । चार मिटर चौडा रहेको उक्त सडक अब आठ मिटर फराकिलो बनाइने डिभिजन सडक कार्यालय, प्युठानले जानकारी दिएको छ।
नेपाली काँग्रेसका सांसद विमलेन्द्र निधिले न्यायपालिकालाई नै निर्देशन दिने प्रणालीबाट सबै जनता झस्किएको बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रतिनिधि सभा विघटन प्रतिगामी होइन भन्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको व्यवहारबाट सबै झस्किएको समेत बताउनुभयो ।
नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले नेपाली काँग्रेसकै कारण वि.सं. २०७४ सालमा राष्ट्रपति सर्वसम्मत रुपमा हुन नसकेको बताउनुभएको छ ।बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
मधेश प्रदेश सरकारका विना विभागीय मन्त्री सन्जय यादवले शहीदको सपना सकार गर्न मधेश सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । वदिलानी दिवसको अवसरमा लहानको सहिद पार्कमा सहिदहरुलाई माल्यापर्ण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।