नेपाल भारत जमुनाहा नाकाबाट भारतमा २० वर्षमा सात हजार ५७२ जना महिला तथा बालबालिका हराएको निवेदन परेको छ । आफन्त र परिवारद्वारा खोज तलास गरी पाउँ भनी माइती नेपालको नेपालगञ्ज कार्यालयमा सो निवेदन परेको जनाइएको छ ।
जुम्लामा जडीबुटी मिसाएको खाजा खाँदा एक जनाको मृत्यु भएको छ भने तीन जना बिरामी भएका छन् ।
चीनमा अवस्थित जापानी राजदूतावासले जापान जानका लागि चिनियाँ नागरिकलाई प्रवेशाज्ञा सेवा पुनः सञ्चालनमा ल्याएको जनाएको छ ।
सलिम मियाँबिजुवार, माघ ५ गते । डरलाग्दो चट्टानी भीर । साँघुरो र घुम्ती सडक । सडक साँघुरो हुँदा सवारी साधन आउजाउमै मुस्किल । एकातर्फ पहाड र अर्कोतर्फ भीर भएकाले यो सडकमा हिँड्नै डरमर्दो छ ।पहाडको खोंचमा रहेको प्युठानको बड्डाडा चकचके जोड्ने सडकमा दुर्घटनाको जोखिम पनि उत्तिकै छ । उक्त भीरको बाटोमा यात्रा गर्दा विगतमा दर्जनौं यात्रुले दुर्घटनामा परेर ज्यान गुमाइसकेको जिल्ला प्रहरीको तथ्याङ्कले देखाउँछ । तर, अहिले प्युठानको बड्डाडा चकचके सडक खण्डको गर्जेनी भीर फोडेर सडक फराकिलो बनाउने गरी काम सुरु भएको छ।डिभिजन सडक कार्यालय, प्युठानका प्रमुख वीरेन्द्रबहादुर चन्दले गर्जेनी र आसपासका भीर फोडेर सडक चौडा बनाउने गरी काम सुरु भएको जानकारी दिनुभयो ।गएको पुस २८ गतेबाट प्रत्येक दिन बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म पूर्णरुपमा बाटो बन्द गरेर सडक बिस्तारको काम भइरहेको चन्दले बताउनुभयो।भीरको चट्टान काटेर सडक फराकिलो बनाउने जिम्मा आंसु लेकाली जेभीले पाएको छ । चार मिटर चौडा रहेको उक्त सडक अब आठ मिटर फराकिलो बनाइने डिभिजन सडक कार्यालय, प्युठानले जानकारी दिएको छ।
नेपाली काँग्रेसका सांसद विमलेन्द्र निधिले न्यायपालिकालाई नै निर्देशन दिने प्रणालीबाट सबै जनता झस्किएको बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रतिनिधि सभा विघटन प्रतिगामी होइन भन्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको व्यवहारबाट सबै झस्किएको समेत बताउनुभयो ।
नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले नेपाली काँग्रेसकै कारण वि.सं. २०७४ सालमा राष्ट्रपति सर्वसम्मत रुपमा हुन नसकेको बताउनुभएको छ ।बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
मधेश प्रदेश सरकारका विना विभागीय मन्त्री सन्जय यादवले शहीदको सपना सकार गर्न मधेश सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । वदिलानी दिवसको अवसरमा लहानको सहिद पार्कमा सहिदहरुलाई माल्यापर्ण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।
सर्लाही सदरमुकाम मलङ्गवामा सुविधासम्पन्न बसपार्क निर्माण भएको छ । नगरपालिकाको वडा नं. २ स्थित जिल्ला प्रहरी कार्यालय छेउमा सुविधा सम्पन्न बसपार्क निर्माणको काम पूरा भई हस्तान्तरण समेत भएको हो ।
नेपाल भारत सीमा नाकाबाट हुँदै आएको अवैध चोरी पैठारी नियन्त्रणमा कडाइ गरिएको छ । सरकारको निर्देशन आएपछि नाकामा कडाई शुरु गरेर चोरी पैठारीलाई शुून्यमा झार्ने अभियान सञ्चालन गरिएको जिल्ला प्रशासन कार्यालय, बाँकेले जनाएको छ ।
लमजुङको दोर्दी गाउँपालिका २ अर्चलबोटमा रहेको लक्ष्मीनारायण मावि अर्चलबोटले स्वर्ण जयन्ती मनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले महाराजगन्जस्थित टिचिङ अस्पतालमा पुगेर यती एयरलाइन्सको जहाज दुर्घटनामा परेर ज्यान गुमाएका यात्रुका परिवारसँग भेट गर्नुभएको छ।
गोदावरीस्थित सेन्ट जेभियर्स स्कुलमा पहिलो पटक एकहप्ते एडभान्स तथा उड्व्याज तालिम सुरु भएको छ । यो ५१ औँ उड्व्याज र ४४ औँ एडभान्स स्काउट तालिम हो । सोमबारबाट सुरु भएको तालिम माघ ८ गते समापन हुनेछ ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिका–८ दोखुका ज्येष्ठ नागरिकलाई न्यानो सिरक वितरण गरिएको छ । वडाको जेष्ठ नागरिक सम्मान कार्यक्रमअन्तर्गत वडावासी जेष्ठ नागरिकलाई सिरक वितरण गरिएको हो ।
प्रतिनिधि सभाको ठूलो दल नेपाली कांग्रेसले सभामुख पदमा उम्मेदवारी दिने निर्णय संसदीय दल कार्यसमितिको बैठकबाट गर्ने भएको छ ।
नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गर्नुभएको छ ।