पर्वतको विहादी गाउँपालिका वडा नं ५ की ६३ वर्षीया जमुना शर्मा विगत तीन महिनादेखि काठमाडौँमा छोरासँग बस्दै आउनुभएको थियो । यही माघ ४ गते माइती गाउँ विहादी वडा नं ४ को वानीपोखरामा बाबुआमाको चौरासी पूजामा सरिक हुनका लागि छोरा युवराजसहित नाति र नातिनीसँग उहाँ पोखरा फर्कंदै हुनुहुन्थ्यो । बाबाको जन्मघर, गाउँ घुुम्न जान पाउँदा दुवै छोराकै खुसी देखिन्थ्ये ।
पोखराको सेती खोँचमा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परेकाहरूको सोमबार बिहानैदेखि उद्धार तथा बेपत्ताको खोजी कार्य भइरहेको छ ।
पोखरा विमान दुर्घटनाबाट महोत्तरी जिल्ला पनि शोकमग्न भएको छ । मुलुककै सबैभन्दा ठूलो र पीडादायी बनेको पोखरा विमान दुर्घटनामा शोकाकुल बनेका यहाँका स्थानीयले बर्दिबास र औरहीमा श्रद्धाञ्जलि सभाको आयोजना गरेको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा भेटवार्ता सुरु भएको छ । बालकोटस्थित ओली निवासमा आज बिहान १०ः२० बजे पुग्नुभएका प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच वर्तमान राजनीतिक परिवेश र मन्त्रिपरिषद् विस्तारबारे छलफल जारी रहेको बताइएको छ ।
दाङमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटना परी पत्रकार त्रिभुवन पौडेलको मृत्यु भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' पोखरा नजाने हुनुभएकाे छ ।
कर्णाली प्रदेशको सभामुखमा नेकपा एमालेकी नन्दा गुरुङ निर्वाचित हुनुभएको छ । जम्मा ४० सांसद रहेका कर्णाली प्रदेश सभामा ३८ जना सांसद मतदानमा सहभागी भएका थिए। मतदानमा सहभागी ती ३८ सांसद मध्य नन्दाको पक्षमा २४ मत प्राप्त भएको छ ।
चालक दलका चार सदस्य र ६८ जना यात्रु बोकेर कामाडौंबाट पोखराका लागि उडेको यती एयरको जहाज पोखरा विमानस्थल नजिकै बढी टर्निङ् लिन खोज्दा दुर्घटनाग्रस्त भएको अनुमान लगाइएकाे छ ।
नेपाली समाजमा समुदाय अनुसार माघे सङ्क्रान्ति विभिन्न तरिकाले मनाउने गरिन्छ । माघे सङ्क्रान्तिको जति महत्व छ, यो दिनमा खाइने परिकारको समेत छुटै महत्व रहेको छ । यस्ता खानेकुरा धार्मिक संकृतिक हिसाबले जति महत्वपूर्ण छ त्यति नै पोषणका हिसाबले पनि महत्वपूर्ण मानिन्छ ।
दुर्घटनास्थलसम्म अत्यधिक भीडले उद्धार कार्यमा कठिनाइ भएको छ । घटनास्थलसम्म एम्बुलेन्स छिर्न कठिनाइ भएकाे अवस्था छ ।
काठमाडौंबाट यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाजको दुःखद र त्रासदीपूर्ण दुर्घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाउनुभएको छ।
काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पोखरामा दुर्घटनामा परेकाे छ ।
माघ महिनाको पहिलो दिन आज ‘घिउचाकु सँल्हु’, माघे संक्रान्ति, मकर संक्रान्ति, माघी आदि नामले चिनिने नेपालको एक मुख्य पर्व हो । ज्योतिष शास्त्रअनुसार सौरमासको हिसाबले माघे सङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ’मकर सङ्क्रान्ति’ पनि भन्ने चलन छ ।
कास्कीको माछापुच्छे गाउँपालिकामा छायाङ्कन भइरहेको फिल्म ‘प्रसाद २’ को छायाङ्कन सकिएको छ । एक महिना एक दिनमा फिल्मको सम्पूर्ण छायाङ्कन सकाएपछि युनिट काठमाडौँ फर्किँदै छ । कलाकार परिवर्तनसँगै विविध कारणले रोकिएको फिल्मले छायाङ्कन सम्पन्न गरेसँगै आगामी नयाँ वर्ष अर्थात् वैशाख १ गतेलाई प्रदर्शनसमेत तय गरेको छ ।