जिल्ला प्रहरी कार्यालय, धनुषाले स्रोत नखुलेको १६ लाख नगद रुपियाँसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
आगो ताप्ने क्रममा जलेर घाइते बन्नुभएकी झापाकी एक वृद्धाको मङ्गलबार दिउँसो ज्यान गएको छ ।
सरकारले एसिड आक्रमणमा परेकालाई आकस्मिक उपचारपश्चात् थप उपचार गर्नु परेमा उपत्यकाका चार अस्पतालमा निःशुल्क उपचार गर्ने व्यवस्था गरेको छ ।
बाँकेमा खाद्य व्यवस्था कम्पनी लिमिटेडले धान खरिद निकै सुस्त गतिमा खरिद गरिरहेको पाइएको छ ।
भारतको लखनऊमा भएको बस दुर्घटनामा परी ज्यान गुमाउने नेपालीको सङ्ख्या पाँच पुगेको छ ।
दक्षिण सुडानमा तैनाथ श्री चन्दननाथ गण (शान्ति सेना) आठौं डफ्फालाई बदली गर्न श्री वीरदल गण (शान्ति सेना) काे नवौं डफ्फाका २१४ जना शान्ति सैनिकहरु त्यसतर्फ प्रस्थान गरेका छन् ।
गायिका सोनी राजभण्डारीको नयाँ म्युजिक भिडियो “ तिमी टाढा भए पनि ” सार्वजनिक भएको छ। सामाजिक सञ्जाल युत्युबमार्फत सार्वजनिक भएको म्युजिक भिडियोमा शव्द रचना समिर राईकाे र विक्रम थापाको संगीत रहेको छ।
खिजिदेम्बा गाउँपालिका–९ पात्लेको जनता आधारभूत विद्यालयका प्रधानाध्यापकलाई पदबाट हटाइएको छ । विद्यालयमा नियमित उपस्थित नहुनुभएकाले प्रधानाध्यापक रामदेब चौधरीलाई प्रअको जिम्मेवारीबाट हटाइएको हो ।
आगलागीमा परेर बागलुङको जैमिनी नगरपालिकास्थित बिनामारेमा एकजनाको ज्यान गएको छ ।
पुतलीबजार नगरपालिकाबाट गण्डकी प्रदेश सरकारमा दुई मन्त्री बन्नुभएको छ । एक मुख्यमन्त्रीसहित चार जनाको मन्त्रिमण्डल गठन हुँदा स्याङ्जाको एकै नगरपालिकाका दुई मन्त्री बन्नुभएको हो ।
'म पुष्कर बन्न चाहन्छु र पुष्कर नै बन्ने लक्ष्य लिएर लागिरहेको छु ।' यही उद्देश्य लिएर ८ वर्षदेखि उहाँ निरन्तर रूपमा मिहिनेत गर्दै हुनुहुन्छ रङ्गकर्मी पुष्कर कार्की ।
श्रीमान् श्रीमती दुबै घरमा मृत अवस्थामा भेटिएपछि घटनाको अनुसन्धान गर्न चितवनका प्रहरी प्रमुख नवराज अधिकारीसहितको टोली भरतपुर २९ कविलास पुगेको छ ।
चितवन प्रहरीले जाली नोटसहित एक जना महिलालाई नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको जनाएको छ ।
सङ्खुवासभाको हटियामा अवतरण गरिएको अल्टिच्युड एयरको हेलिकप्टर प्रहरीले नियन्त्रणमा लिएको छ । गृह मन्त्रालयले दिएको उडान अनुमतिअनुसार उडान नभरी सिधै निषेधित क्षेत्रमा गएपछि प्रहरीले हेलिकोप्टर नियन्त्रणमा लिएको हो ।
चितवन राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टरमा एउटा गैँडा मृत अवस्थामा फेला परेको छ ।