पृथ्वीनारायण क्याम्पसले भोगचलन गर्दै आएको जग्गाबाट स्वीकृति नलिई सेती नदीमाथि पुल निर्माण गर्ने कार्यको विरोध गरेको छ ।
पूर्वी नवलपरासीको तीन गाउँपालिका नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारणमा जोडिन लागेको छ । हुुप्सेकोट, बुुलिगंटार र बौदीकाली तीन गाउँपालिकाका १३ वडाका ५० हजार जनता राष्ट्रिय विद्युुतको पहुुँचमा पुग्दैछ
नेपाली सेनाको श्री नं .४ बाहिनी अड्डा इमामनगर ब्यारेक नेपालगञ्ज राँझाका बाहिनीपति सहायक रथी उत्तमकुमार विष्टले ज्ञान सीपको अधिकतम प्रयोग गरी दक्षता हासिल गर्दै सेनाको गरिमा उच्च राख्न निर्देशन दिनुभएको छ ।
लुम्बिनी विकास कोषको तथ्याङ्कअनुसार सन् २०२२ मा ९६ वटा मुलुकका २३ हजार ९९२ विदेशी पर्यटक आएका छन् । कोरोना महामारीको चेपुवामा परेको सन् २०२१ को तुलनामा सन् २०२२ मा ९५ प्रतिशतभन्दा बढी विदेशी पर्यटक आएका हुन् ।
होटल व्यवसायी महासङ्घ नेपालको केन्द्रीय अध्यक्षमा चितवनका दिनेशकुमार चुके सर्वसम्मत निर्वाचित हुनुभएको छ । चितवनको भरतपुरमा सम्पन्न १० औं साधारणसभा तथा चौंथो राष्ट्रिय महाधिवेशनबाट चुके सर्वसम्मत अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । उहाँ यसअघिको कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो ।
स्ववियु निर्वाचनको मिति फागुन १४ गते भए पनि यो पटक परीक्षा एवम् फागुपूर्णिमा, नारी दिवसका कारण छ दिनसम्म निरन्तर सार्वजनिक बिदा परेका कारण फागुन २८ गतेका लागि जोड गरेका हुन् ।
बाजुराको बडिमालिका नगरपालिकाका पाँच वटा शहरी स्वास्थ्य संस्था लामो समयदेखि बन्द हुँदै आएका छन् । केही वर्ष अघि बडिमालिका नगरपालिकाका स्थानीयहरुको गाउँमै स्वास्थ्य सेवा दिने गरी सुचारु गरिएका ती शहरी स्वास्थ्य संस्था अहिले महिनौं आइपुग्दा पनि बन्द गरिएका छन् ।
कपिलबस्तुमा ९० क्युफिटसहित सब–डिभिजन वन कार्यालय खरेन्द्रपुरले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने शिवराज नगरपालिका–३ स्थित भितारिया बस्ने वर्ष २१ का रुपेश थारु रहेका छन् ।
उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तबले शिष्टाचार भेट गर्नुभएकाे छ ।
लुम्बिनी प्रदेश सभाका सदस्य दिपेन्द्र कुमार पुनमगर ‘सिजल’ पुनः नेकपा (माओवादी केन्द्र)मा फर्किनुभएको छ । उहाँलाई सो पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुनः पार्टीमा प्रवेश गराउनुभएको हो ।
सप्तरी जिल्ला अदालत राजविराजले १७ वर्षीया बालिकालाई आत्महत्या गर्न दुरुत्साहन गर्ने दुईजनालाई कैद र जरिवानाको फैसला गरेको छ ।
सुनसरीको दुहबी नगरपालिकाले आफ्ना १२ वटा वडामा गरी पाँच सय विपन्न, ज्येष्ठ नागरिक र एकल महिलालाई बढ्दो जाडोबाट बच्न फाइबर सिरक वितरण गरेको छ ।
गाउँपालिका केन्द्रबाट खुर्पानाथ गाउँपालिका–४ को वडा कार्यालय छिप्रा जोड्ने सडकको निर्माण कार्य सम्पन्न भएको छ । गाउँपालिका र प्रदेश सरकारको आर्थिक सहयोगमा सो सडक दुई वर्ष लगाएर निर्माण कार्य सम्पन्न भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गर्नुभएको छ ।
जिल्लाको शितगंगा नगरपालिकामा भालुको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ ।