बाँकेका वरिष्ठ साहित्यकार महानन्द ढकालको उपन्यास ‘ब्रुहान’लाई २०७९ सालको उत्कृष्ट पठनीय कृति सम्मान प्रदान गरिएको छ । विश्व नेपाली साहित्य महासङ्घको लुम्बिनी प्रदेश शाखाले सो सम्मान गरेको हो ।
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको सात महिनामा डेढ सय अन्तर्राष्ट्रिय उडान भएका छन् । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पको रूपमा यसको प्रयोग भइरहेको छ ।
उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले नेपाली जनताको आर्थिक र सामाजिक जीवनस्तरमा परिवर्तन ल्याउनु अहिलेको सरकारको मुख्य प्राथमिकता रहेको बताउनुभएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वादी समुदायको आत्मसम्मानको रक्षा तथा जीविकोपार्जनका लागि परिणाममुखी पहल गरिने बताउनुभएको छ ।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा दादुराको महामारी फैलिएपछि सो नियन्त्रण अभियानलाई तीव्र पारिएको उपमहानगरको स्वास्थ्य शाखाले जनाएको छ ।
सगरमाथा आरोही कल्पना महर्जनले बालविवाह रोकथाम अभियानलाई निरन्तरता दिनुभएको छ । उहाँले हालै महालक्ष्मी नगरपालिकाभित्रका १५ वटा सरकारी विद्यालयका प्रधानाध्यापकसँग छलफल गरेर सो अभियानको निरन्तरता दिनुभएको हो ।
हिउँ नपर्दा बुङ आलुखेती गर्ने किसानलाई सहज भएको छ । गत वर्षको तुलनामा यस वर्ष चाँडै हिउँ नपर्दा बुङ्गा आलु खेती गर्ने किसानलाई सहज भएको हो ।
कालिगण्डकी –१ कारिकोट र गुल्मीको रिडी जोड्ने कालिगण्डकी मोटरेबल स्टिल ट्रस ब्रिज १० वर्षमा १० प्रतिशत मात्र काम सकिएको छ ।
पृथ्वीनारायण क्याम्पसले भोगचलन गर्दै आएको जग्गाबाट स्वीकृति नलिई सेती नदीमाथि पुल निर्माण गर्ने कार्यको विरोध गरेको छ ।
पूर्वी नवलपरासीको तीन गाउँपालिका नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारणमा जोडिन लागेको छ । हुुप्सेकोट, बुुलिगंटार र बौदीकाली तीन गाउँपालिकाका १३ वडाका ५० हजार जनता राष्ट्रिय विद्युुतको पहुुँचमा पुग्दैछ
नेपाली सेनाको श्री नं .४ बाहिनी अड्डा इमामनगर ब्यारेक नेपालगञ्ज राँझाका बाहिनीपति सहायक रथी उत्तमकुमार विष्टले ज्ञान सीपको अधिकतम प्रयोग गरी दक्षता हासिल गर्दै सेनाको गरिमा उच्च राख्न निर्देशन दिनुभएको छ ।
लुम्बिनी विकास कोषको तथ्याङ्कअनुसार सन् २०२२ मा ९६ वटा मुलुकका २३ हजार ९९२ विदेशी पर्यटक आएका छन् । कोरोना महामारीको चेपुवामा परेको सन् २०२१ को तुलनामा सन् २०२२ मा ९५ प्रतिशतभन्दा बढी विदेशी पर्यटक आएका हुन् ।
होटल व्यवसायी महासङ्घ नेपालको केन्द्रीय अध्यक्षमा चितवनका दिनेशकुमार चुके सर्वसम्मत निर्वाचित हुनुभएको छ । चितवनको भरतपुरमा सम्पन्न १० औं साधारणसभा तथा चौंथो राष्ट्रिय महाधिवेशनबाट चुके सर्वसम्मत अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । उहाँ यसअघिको कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो ।
स्ववियु निर्वाचनको मिति फागुन १४ गते भए पनि यो पटक परीक्षा एवम् फागुपूर्णिमा, नारी दिवसका कारण छ दिनसम्म निरन्तर सार्वजनिक बिदा परेका कारण फागुन २८ गतेका लागि जोड गरेका हुन् ।
बाजुराको बडिमालिका नगरपालिकाका पाँच वटा शहरी स्वास्थ्य संस्था लामो समयदेखि बन्द हुँदै आएका छन् । केही वर्ष अघि बडिमालिका नगरपालिकाका स्थानीयहरुको गाउँमै स्वास्थ्य सेवा दिने गरी सुचारु गरिएका ती शहरी स्वास्थ्य संस्था अहिले महिनौं आइपुग्दा पनि बन्द गरिएका छन् ।