• १५ मंसिर २०८१, शनिबार

उपप्रधानमन्त्री श्रेष्ठसँग भारतीय राजदूतद्वारा शिष्टाचार भेट

भारत रेल्वेलगायतका पूर्वाधारमा थप सहयोग गर्न इच्छुक

blog

उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुहुँदै ।

गाेरखापत्र अनलाइन

काठमाडाैँ, पुस २० गते । उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएकाे छ । उपप्रधानमन्त्री श्रेष्ठलाई औपचारिक बधाई ज्ञापन गर्न राजदूत श्रीवास्तव मन्त्रालय पुग्नुभएकाे हाे । राजदूत श्रीवास्तबले भारत सरकार र भारतीय जनताको तर्फबाट सफल कार्यकालको शुभकमना तथा बधाई दिनुभयाे । 

भेटमा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने दिशामा रहेकोमा विकासको लक्ष्य हासिल गर्न भारत सरकारको सहयोग हुने विश्वास व्यक्त गर्नुभयो । यसैगरी, राजदूत श्रीवास्तवले नेपाल सरकारलाई रेल्वेलगायतको पूर्वाधारमा थप सहयोग गर्न इच्छुक रहेको बताउनुभयो ।

भारतीय सहयोगमा चालू रहेका विकास आयोजनालाई गति दिन आगामी दिनमा आवश्यक छलफल गर्दै जाने कुरा भएको उपप्रधानमन्त्री श्रेष्ठका स्वकीय सचिव विजय गौतमले बताउनुभयाे । 

शिष्टाचार भेटमा परराष्ट्र मन्त्रालयका उपसचिव शुभाङ्ग पराजुलीलगायतका अधिकारीको उपस्थिति थियो।