चितवनका गुरुङ समुदायले ‘तो ल्हो’ (बाघ वर्ग) वर्गलाई बिदाइ र ‘हि ल्हो’ (बिरालो वर्ग) वर्गलाई स्वागत गर्दै शुक्रबार ‘तमु ल्होसार’ पर्व मनाएका छन् । हरेक पुष १५ लाई गुरुङ समुदायले नयाँ वर्षको रुपमा मनाउने गर्छन् । गुरुङ भाषामा तमु भनेको गुरुङ हो भने ल्होसार भनेको नयाँ वर्ष हो ।
ताप्लेजुङमा तमु ल्होसारको अवसरमा आयोजना गरिएको जिल्लास्तरीय बुद्धिचाल प्रतियोगितामा सेम सुब्बा लिम्बू प्रथम हुनुभएको छ ।
हिमाली पर्यटनको मुख्य गन्तव्य सोलुखुम्बुको उच्च हिमाली क्षेत्र खुम्बुका व्यवसायी तथा स्थानीय बासिन्दा जाडो छल्न काठमाडौंलगायतका क्षेत्रमा जान थालेका छन् । पर्यटकीय सिजनमा व्यस्त हुने होटल पसल व्यवसायीहरु पनि जाडो छल्न खुम्बुक्षेत्रबाट बाहिरिएको स्थानीय दामु शेर्पाले बताउनुभयो ।
सोलुखुम्बुको माप्यदूधकोशी गाउँपालिका–३ का दुई विद्यालयका १५६ जना विद्यार्थी तथा शिक्षकलाई ज्याकेट वितरण गरिएको छ । मध्ये चिसोको समयमा पद्मकन्य आधारभूत विद्यालय र सिद्धकाली आधारभूत विद्यालयका १४२ जना विद्यार्थी र १४ जना शिक्षकलाई एड फर नेपालले एक/एक थान ज्याकेट प्रदान गरेको हो ।
पुस १५ गतेका दिन तरुल खन्न जाने, परम्परागत कोलमा उखु पेलेर तामाको भाँडामा सख्खर र खुदो पकाएर खाने चलन रहेको छ । उखुको सख्खर र खुदो पकाउने स्थानलाई यहाँ ‘खुदेउडा’ भन्ने गरिन्छ । खुदेउडामा पनि गाउँलेहरु जम्मा भएर आईना–बातै हाल्ने चलन रहेको छ ।
केही दिनयता चलेको शितलहर र हुस्सुले बाँकेमा अत्यधिक चिसो बढेपछि कर्मचारी मिलन केन्द्रले मानवसेवा आश्रममा आश्रित ज्येष्ठ नागरिकलाई ५० थान कम्बल वितरण गरेको छ ।
मधेश प्रदेश सभाको पहिलो अधिवेशन पुस १८ गतेका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख हरिशंकर मिश्रले बिहीबार विज्ञप्तिमार्फत् सो अधिवेशनका लागि आह्वान गर्नुभएको हो ।
धानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ । शुक्रबार बिहानदेखि बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।
भरतपुर महानगरपालिकाले स्कूले बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ । भरतपुर २८ वडामा रहेका १५ वटा आधारभूत विद्यालयहरुमा अध्ययनरत कक्षा १ देखि ५ सम्मका झण्डै एक हजार जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको हो ।
गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले तमु गुरुङ समुदायको महान् चाड ‘तमु ल्होसार’को अवसरमा शुुभकामना दिनुभएको छ ।
गुल्मीमा प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनमा उम्मेदवार बनेका सबै उम्मेदवारहरुले निर्वाचन खर्चको विवरण बुझाएका छन् ।
रुपन्देहीमा कोटहीमाई गाउँपालिका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत तथा बोलपत्र मूल्याङ्कन समितिका अध्यक्ष नेत्रप्रसाद घिमिरेसहित सात जनामाथि भ्रष्टाचार आरोपको मुद्दा दायर भएको छ ।
फेदीखोला गाउँपालिका – २ मा रूखबाट लडेर एक जना ज्येष्ठ नागरिकको मृत्यु भएको छ ।
नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश संसदीय दलको नेतामा राजकुमार शर्मा चयन हुनुभएको छ । बुधबार बसेको संसदीय दलको बैठकले शर्मालाई संसदीय दलको चयन गरेको हो ।
झण्डै दुई महिनादेखि अध्यक्षविहीन भएको भरतपुर अस्पताल विकास समितिले बुधबार अध्यक्ष पाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रिक्त रहेको अस्पताल विकास समितिको अध्यक्षमा युवा उद्यमी राजु पौडेललाई नियुक्त गरेपछि अस्पतालले अध्यक्ष पाएको हो ।