मोलुङ गाउँपालिका ओखलढुङ्गामा सञ्चालित मोलुङ हाइड्रोपावरले १५ करोड ६० लाख रुपियाँ भन्दा बढीको विद्युत विक्री गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्नुभएको छ ।
इस्वी सम्वतको नयाँ वर्ष २०२३ विश्वभर धूमधामका साथ मनाइएको छ । यस वर्षलाई सबैभन्दा पहिला प्रशान्त महासागरमा रहेको किरिबाटी देशले स्वागत गरेको छ ।
गुल्मीमा संस्कृति संरक्षण गर्न पञ्चेबाजा वितरण गरिएको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नं. ८ तुराङमा दलित उत्थान कार्यक्रम अन्तर्गत एक लाख रुपियाँको बजेटबाट पञ्चेबाजा खरिद गरी वितरण गरिएको वडा सचिव लक्ष्मी अर्यालले जानकारी दिनुभयो ।
इस्वी सम्वतको नयाँ वर्षको अवसरमा धनुषाको ढल्केवरस्थित पर्यटकीय स्थल मिथिला सागरमा आन्तरिक पर्यटक तथा पिकनिक (वनभोज) मनाउनेहरूको भीड लागेको छ ।
विगतका वर्षहरूमा अङ्ग्रेजी नयाँ वर्षहरूमा पनि दोलखाका होटलहरू भरिभराउ हुने गरेका थिए तर यो वर्ष भने होटलहरुमा खासै रौनक छाएको देखिँदैन । जिल्लाको मुख्य पर्यटकीय क्षेत्रमा पनि पर्यटकको चहलपहल खासै बढेको छैन ।
तीन जिल्लाको संगमस्थलमा रहेको शिला शालिग्रामको संरक्षणमा तीन जिल्ला जुटेका छन् । स्याङ्जा, पर्वत र गुल्मी जिल्लाले सेतिवेणीमा रहेको शिला शालिग्रामको संरक्षण गर्दै धार्मिक पर्यटकीय क्षेत्र बनाउन लागि परेका हुन् ।
नेपथ्य समूहले नेपालमा मानवताको रक्षा गर्न सबै पक्षसँग अपिल गरेको छ । मानवता प्रवर्द्धनको अभियानसहित थालिएको एक महिने नेपथ्य कन्सर्ट यात्रालाई काठमाडौँमा बिट मार्दै सो समूहले नेपालमा मानवता रक्षाको लागि सबै पक्ष एकजुट भएर हातेमालो गर्नुपर्नेमा जोड दिएको हो ।
चितवनका गुरुङ समुदायले ‘तो ल्हो’ (बाघ वर्ग) वर्गलाई बिदाइ र ‘हि ल्हो’ (बिरालो वर्ग) वर्गलाई स्वागत गर्दै शुक्रबार ‘तमु ल्होसार’ पर्व मनाएका छन् । हरेक पुष १५ लाई गुरुङ समुदायले नयाँ वर्षको रुपमा मनाउने गर्छन् । गुरुङ भाषामा तमु भनेको गुरुङ हो भने ल्होसार भनेको नयाँ वर्ष हो ।
ताप्लेजुङमा तमु ल्होसारको अवसरमा आयोजना गरिएको जिल्लास्तरीय बुद्धिचाल प्रतियोगितामा सेम सुब्बा लिम्बू प्रथम हुनुभएको छ ।
हिमाली पर्यटनको मुख्य गन्तव्य सोलुखुम्बुको उच्च हिमाली क्षेत्र खुम्बुका व्यवसायी तथा स्थानीय बासिन्दा जाडो छल्न काठमाडौंलगायतका क्षेत्रमा जान थालेका छन् । पर्यटकीय सिजनमा व्यस्त हुने होटल पसल व्यवसायीहरु पनि जाडो छल्न खुम्बुक्षेत्रबाट बाहिरिएको स्थानीय दामु शेर्पाले बताउनुभयो ।
सोलुखुम्बुको माप्यदूधकोशी गाउँपालिका–३ का दुई विद्यालयका १५६ जना विद्यार्थी तथा शिक्षकलाई ज्याकेट वितरण गरिएको छ । मध्ये चिसोको समयमा पद्मकन्य आधारभूत विद्यालय र सिद्धकाली आधारभूत विद्यालयका १४२ जना विद्यार्थी र १४ जना शिक्षकलाई एड फर नेपालले एक/एक थान ज्याकेट प्रदान गरेको हो ।
पुस १५ गतेका दिन तरुल खन्न जाने, परम्परागत कोलमा उखु पेलेर तामाको भाँडामा सख्खर र खुदो पकाएर खाने चलन रहेको छ । उखुको सख्खर र खुदो पकाउने स्थानलाई यहाँ ‘खुदेउडा’ भन्ने गरिन्छ । खुदेउडामा पनि गाउँलेहरु जम्मा भएर आईना–बातै हाल्ने चलन रहेको छ ।
केही दिनयता चलेको शितलहर र हुस्सुले बाँकेमा अत्यधिक चिसो बढेपछि कर्मचारी मिलन केन्द्रले मानवसेवा आश्रममा आश्रित ज्येष्ठ नागरिकलाई ५० थान कम्बल वितरण गरेको छ ।
मधेश प्रदेश सभाको पहिलो अधिवेशन पुस १८ गतेका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख हरिशंकर मिश्रले बिहीबार विज्ञप्तिमार्फत् सो अधिवेशनका लागि आह्वान गर्नुभएको हो ।