धानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ । शुक्रबार बिहानदेखि बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।
भरतपुर महानगरपालिकाले स्कूले बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ । भरतपुर २८ वडामा रहेका १५ वटा आधारभूत विद्यालयहरुमा अध्ययनरत कक्षा १ देखि ५ सम्मका झण्डै एक हजार जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको हो ।
गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले तमु गुरुङ समुदायको महान् चाड ‘तमु ल्होसार’को अवसरमा शुुभकामना दिनुभएको छ ।
गुल्मीमा प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनमा उम्मेदवार बनेका सबै उम्मेदवारहरुले निर्वाचन खर्चको विवरण बुझाएका छन् ।
रुपन्देहीमा कोटहीमाई गाउँपालिका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत तथा बोलपत्र मूल्याङ्कन समितिका अध्यक्ष नेत्रप्रसाद घिमिरेसहित सात जनामाथि भ्रष्टाचार आरोपको मुद्दा दायर भएको छ ।
फेदीखोला गाउँपालिका – २ मा रूखबाट लडेर एक जना ज्येष्ठ नागरिकको मृत्यु भएको छ ।
नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश संसदीय दलको नेतामा राजकुमार शर्मा चयन हुनुभएको छ । बुधबार बसेको संसदीय दलको बैठकले शर्मालाई संसदीय दलको चयन गरेको हो ।
झण्डै दुई महिनादेखि अध्यक्षविहीन भएको भरतपुर अस्पताल विकास समितिले बुधबार अध्यक्ष पाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रिक्त रहेको अस्पताल विकास समितिको अध्यक्षमा युवा उद्यमी राजु पौडेललाई नियुक्त गरेपछि अस्पतालले अध्यक्ष पाएको हो ।
नेकपा एमाले कर्णाली प्रदेशसभा संसदीय दलको नेतामा यामलाल कँडेल चयन हुनुभएको छ ।
बाँकेमा दुई दिनदेखि सुरु भएको सित लहर र हुस्सुका कारण चिसो अत्यधिक बढेको छ । मंगलबारदेखि सुरु भएको शितलहर र हुस्सुले गर्दा चिसो धेरै बढेपछि यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ ।
ताप्लेजुङको दुर्गम क्षेत्र मिक्वाखोला गाउँपालिका–५ पापुङसम्म राष्ट्रिय प्रसारण लाइनको विद्युत विस्तार गर्न सर्वेक्षण गरिएको छ ।
काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पसमा अखिलका विद्यार्थीबीच झडप हुँदा तीन जना विद्यार्थी नेताहरु घाईते भएका छन् । स्ववियु निर्वाचनको विषयमा विद्यार्थी संगठनका नेताहरुबीच झडप हुँदा आरआर क्याम्पस अनेरास्ववियुका अध्यक्ष मदन भण्डारीमाथि खुकुरी प्रहार भएको विद्यार्थी नेताहरुले बताएका हुन् ।
नेकपा (एकीकृत समाजवादी)लगायतका दलहरुलाई सरकारमा सामेल गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रयास गर्नुभएको छ ।
बागमती प्रदेशको प्रदेश सभाको नेपाली कांग्रेस संसदीय दलको नेताका लागि आज बुधबार निर्वाचन हुँदैछ । कांग्रेस संसदीय दलको नेताका लागि कांग्रेस केन्द्रीय सदस्य बहादुरसिंह लामा तामाङ र कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँको उम्मेदवारी परेको छ । तामाङ र बानियाँ दुवै संस्थापन पक्षका हुनुहुन्छ ।
नेपाल र चीनबीच रेल सेवा सञ्चालन सम्भाव्यता अध्ययन तथा सर्भे गर्न चिनियाँ समूह नेपाल आइपुगेको छ ।