• ४ कात्तिक २०८२, मङ्गलबार

टिकौली जङ्गलमा दुर्घटना : एकको मृत्यु,नौजना घाइते

blog

वसन्त पराजुली

नारायणगढ,  कात्तिक ४ गते ।  पूर्व पश्चिम राजमार्गको  टिकौली जङ्गलमा  भएको दुर्घटनामा  एकजनाको मृत्यु र  नौजना घाइते भएका छन् ।

मगलवार साझ  ५ बजे  रत्ननगर न.पा. ९ टिकौली जंगल स्थितमा नारायणगढबाट टांडी तर्फ आउँदै गरेको ना३ख ९९८६ नम्बरको मिनि बस र विपरीत दिशाबाट जाँदै गरेको  विएवि ५००८ नम्बरको कार एक आपसमा ठक्कर खाँदा सो दुर्घटना भएको हो ।

बसमा सवार  रत्ननगर न.पा.१० बस्ने वर्ष ३३ की पुजा सुवेदीको भरतपुर अस्पतालमा मृत्यु भएको  प्रहरी नायव उपरिक्षक रविन्द्र खनालले जानकारी दिनुभयो ।

सुवेदीको अस्पताल पुराएपछि मृत्यु भएको हो । सुवेदीको ट्रकमा च्यापिएर निधन भएको हो । 


सो घटनामा घाइते हुनेहरु

बसका चालक  राति न.पा२ बस्ने वर्ष ३६ को सुरज कडेल, गोरखा गण्डकी गा.पा. ५ बस्ने वर्ष ३२ को भोजराज कार्की,  रत्ननगर नपा ७ झुवानी बस्ने वर्ष २७ को  प्रभु नारायण महत्व, उनकै  छोरा वर्ष ८ को रियान महत्व,  गोर्खा गण्डकी गापा ३ बस्ने वर्ष ३२ को भोजराज काप्री, भरतपुर मनपा१२ ब स्ने बर्ष ३७ की शोभा आचार्य,  निजको छोरी बर्ष ३ की सदिक्षा आचार्य , राप्ती नपा २ बस्ने वर्ष ३६ को सुरज कडेल,  गोर्खा बारपाक सुलिकोट गापा ३ बस्ने वर्ष ५५ की माईता गुरुङ घाइते भएका छन् ।

घाइते सबैको  चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।