प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच बालुवाटारमा छलफल जारी छ ।
नेकपा (माओवादी केन्द्र) को संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन हुनुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको वर्तमान अर्थतन्त्रले गम्भीर चुनौतीको सामना गरिरहेको बताउनुभएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आगामी राष्ट्रपति नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल वा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालमध्ये एक हुने बत्ताउनुभएको छ ।
बीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानले शिक्षाध्यक्षमा इन्टर्नल मेडिसिन विभागका प्रा.डा. सञ्जीवकुमार शर्मालाई नियुक्त गरेको छ ।
बागलुङ र पोखराको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बागलुङ कालिका मन्दिरदेखि पोखराको विन्ध्यवासिनी मन्दिरसम्म साइकल यात्रा सुरु गरिएको छ ।
देउसी भैलो खेलेर जम्मा गरिएको रकमबाट आश्रमका वृद्धवृद्धा र अतिविपन्न परिवारलाई न्यानो कपडा तथा खाद्यान्न वितरण गरिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारी आज बुटवल आउँदै हुनुहुन्छ ।आजदेखि बुटवलमा रुपन्देही उद्योग सङ्घको आयोजनामा १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ उद्घाटनका लागि भण्डारी बुटवल आउन लाग्नुभएको हो ।
सोलुखुम्बुको नेले बजारमा भएको आगलागीको पीडित परिवारलाई थुलुङ दूधकोशी गाउँपालिकाले राहत प्रदान गर्ने भएको छ ।
नेपालका विभिन्न क्याम्पसमा स्वास्थ्य तथा शारीरिक शिक्षा अध्यापन गराउने शिक्षकहरूको कार्यमूलक अनुसन्धानसम्बन्धी दुईदिने कार्यशाला सम्पन्न भएको छ ।
विपत सम्बन्धी योजना र प्रतिकार्य लैङ्गिक समानता, अपाङ्गता र सामाजिक समावेशीकरण मैत्री हुनुपर्ने सरोकारवालाले बताएका छन् ।
सोलुखुम्बुमा सम्पन्न प्रथम डी.बी. किराँती (थुलुङ) स्मृति खुला पुरुष डबल ब्याड्मिन्टन प्रतियोगिताको उपाधि सोलुखुम्बु ब्याडमिन्टन सङ्घका अर्जुन श्रेष्ठ र आशिष् खनालले जित्नुभएको छ । खेलमा लुक्लाका लाक्पातेन्जी तामाङ र अनुज तामाङ दोस्रो हुनुभएको छ ।
खेलकुदले अनुशासनको विकास गराउने हुँदा यसलाई पढाइसँग अघि बढाइनुपर्ने प्रदेश सभा सदस्य सुधाकर पाण्डेयले बताउनुभएको छ ।
बाँकेमा ठूलो सङ्ख्यामा बंगुर बिरामी परेर मर्न थालेका छन् । पालेका बङ्गुरमा अफ्रिकी स्वाइन फ्लु फैलिएकोले बंगुर मरिरहेको किसानले बताएका छन् ।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले एक हजार पाँच सयभन्दा बढी विद्यार्थीलाई न्यानो कपडा (ट्रेक सुट) वितरण गरेको छ ।