• १५ मंसिर २०८१, शनिबार

गठबन्धनको निर्णायक बैठक केही बेरमा फेरि बस्ने

blog

काठमाडौं, पुस १० गते । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक केही बेरका लागि स्थगित भएको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना, प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठक केही बेरमा फेरि सुचारु हुने जानकारी दिनुभयो । 

मन्त्री कार्कीले भन्नुभयो, “गठबन्धन अहिले मुलुकको आवश्यकता हो । छलफल जारी छ । केही समयपछि बैठक सुचारु हुन्छ र निर्णय गर्नेछौँ । गठबन्धनलाई जनताले अनुमोदन पनि गरेको छ । जनताको अभिमतलाई कदर गर्छौँ ।”

थप आन्तरिक छलफलको आवश्यकता भएकाले केही बेरमा बैठक बस्ने भनाइ उहाँको छ ।