खोटाङका दुई स्थानीय तहले वडामै पुगेर योजना तथा कार्यक्रम सम्झौता गरेका छन् । पालिकासम्म आउँदा नागरिकलाई सास्ती भएको भन्दै वडामै पुगेर दिप्रुङ चुईचुम्मा र खोटेहाङ गाउँपालिकाले योजना तथा कार्यक्रम सम्झौता गरेका हुन् ।
धनुषाको मिथिला नगरपालिका–५, स्थित पूर्व–पश्चिम राजमार्गमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।
पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको सुरुवाती उपचार दमकका दुई अस्पतालमा निशुल्क हुने भएको छ । दमक नगरपालिकाको पहलमा दमकस्थित सामुदायिक आम्दा अस्पताल र सरकारी दमक अस्पतालमा यसको उपचार निशुल्क हुने भएको हो ।
नेपालगञ्जस्थित भेरी अस्पतालमा दुई महिना अघि जडान गरिएका ६ थान डायलासिस मेसिन हालसम्म पनि सञ्चालनमा नआउँदा मिर्गौलाका बिरामीलाई समस्या भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको काम कारबाही जनमुखी, पारदर्शी र नागरिकप्रति जबाफदेही हुनुपर्ने बताउनुभएको छ ।
सरकारी तथा गैरसरकारी १४ वटा कार्यालयमा २७ वर्ष गरिएको कामको खारिएको अनुभवले गरेको टमाटरलगायत खेतीबाट कृषि प्राविधिक देवबहादुर खड्काले राम्रो आम्दानी गर्नुभएको छ ।
वीरगञ्ज महानगरपालिकाले नगरले फुटपाथ र नालामाथि राखिएका सामग्री हटाउने कामलाई तीव्रता दिएको छ ।
सामाजिक न्याय र मानवअधिकारलाई प्रश्रय गर्ने उद्देश्यले ‘नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ को १० औँ संस्करण आयोजना हुने भएको छ ।
मध्यपुरथिमि नगरपालिकाले आफ्ना नागरिकका लागि निःशुल्क स्वास्थ्य बिमा लागू गरेको छ । यही पुस १ गतेदेखि लागू हुने गरी नगरपालिकाले ज्येष्ठ नागरिक तथा पाँच जनासम्म परिवारका लागि निःशुल्क स्वास्थ्य बिमा लागू गरेको नगरपालिकाका उपप्रमुख विजय श्रेष्ठले जानकारी दिनुभयो ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बधाई तथा शुभकामनाका लागि पार्टीका नवनिर्वाचित सांसदहरूलाई आमन्त्रण गर्नुभएको छ ।
थाईल्याण्डको राजकुमारीलाई बुधबार बिहान हृदयाघात भएको राजदरबार स्रोतले जनाएको छ ।
ऊर्जा, जलश्रोत र सिँचाइमन्त्री पम्फा भुसालले हालकै गठबन्धनले नयाँ सरकार बनाउने कुरामा कुनै पनि दुबिधा नरहेको स्पष्ट पार्नुभएको छ ।
एचआइभी एड्सबाट सङ्क्रमित भएका बाँकेका ५३८ जनाले नेपालगन्जस्थित भेरी अस्पतालमा नियमित उपचार गराइरहेका छन् ।
दोलखाको बिगु गाउँपालिका–१ लामाबगरमा रहेको राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।
चिनियाँ कार्यवाहक राजदूत वाङ सिङले नेपालमा उत्पादन भएका विद्युतलाई चीन सरकारले खरिद गर्न सक्ने बताउनुभएकाे छ ।