निर्माण सम्पन्न भएपछि रेखदेख नहुँदा कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर ९ गुडरुङ खोला लिफ्ट सिँचाइ योजना ३ वर्ष देखि बन्द भएको छ ।
कपिलवस्तु शिवराज नगरपालिका ४ वसन्तपुरका युवराज अधिकारी लेयर्स कुखुरा पालन गरेर मनग्य आम्दानी लिन सफल हुनुभएको छ । एक दशक अघिदेखि कुखुरा पालन गर्दै आएका अधिकारीले वैदेशिक रोजगार त्यागेर कृषि पेसा अंगाल्नु भएको थियो ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनले निरन्तरता पाउने बत्ताउनुभएको छ ।
दार्चुलामा विभिन्न कार्यक्रमको आयोजना गरी लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान समापन गरिएको छ ।
धौलागिरि अस्पताल बागलुङले पाठेघरको अप्रेसनको लागि आफैँ पैसा थप गरेर ३६ जना महिलाको निःशुल्क पाठेघरको अप्रेसन गरेको छ ।
गुल्मीको इस्मा गाउँपालिका–३ गहतेका गोकर्ण नेपाली उमेरले २३ वर्षको हुनुभयो । चित्रकारका रूपमा समेत अब्बल नेपाली स्वदेशमै क्रान्ति गर्नुपर्छ भन्ने सोचका साथ घाँस खेती गर्दै आउनुभएको छ ।
कर्णालीमा खाद्य सुरक्षाको समस्या कायमै रहेको बेला जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा असर देखिन थालेकोप्रति विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।
कलिलै उमेरमा आमा बनेकी कैलालीको घोडाघोडी नगरपालिका १ का माया (परिवर्तित नाम) अहिले २५ वर्षको हुनुभयो । उहाँको अहिले चारजना छोरी छन् भने पाँचपटक गर्भपतन गराइसक्नुभएको छ ।
उच्च भागमा चिसो बढ्दै गएका कारण तातो क्षेत्र खोज्दै हिँड्ने वन्यजन्तुबाट पैदलयात्रामा मानिसलाई जोखिम बढ्न थालेको छ ।
नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।
सरकारले यस वर्षको मानवअधिकार पुरस्कार–२०७९ बाट व्यक्तितर्फ मानवअधिकारकर्मी प्रा.डा. कपिलमान श्रेष्ठ र संस्थातर्फ मानव सेवा आश्रमलाई दिने भएको छ ।
पहिलो याममा ढोरपाटन सिकार आरक्षको विभिन्न ब्लकमा सात नाउर र पाँच झारलको सिकार भएको छ । नेपालका चार सिकार कम्पनीमार्फत आएका विदेशी सिकारीले यस पटक निर्धारित कोटा भन्दा एक वटा वन्यजन्तुको कम सिकार गरेका छन् ।
देशैभर चिसो बढ्दै गएको छ । चिसोबाट बच्न हामीले विभिन्न उपाय अपनाउने गर्दछौँ । चिसोबाट बच्ने उपाय भनेको कोठा र शरीरलाई न्यानो बनाउन मकलमा आगो बाल्ने तथा हिटर बाल्ने र बाथरुममा ग्यास गिजरको प्रयोग गरेर नुहाउने चलन सहरी क्षेत्रमा छ ।
नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि र नेपालका लागि स्वीस राजदूत एलिजावेथ भन क्यापिलरबीच भेटवार्ता भएको छ।
कपिलवस्तुको शिवराज नगरपालिकामा सडक अतिक्रमण गरेका संरचना र सामग्री हटाइएको छ । नगरपालिकाले पूर्व पश्चिम राजमार्ग र चन्द्रौटा कृष्णनगर सडक खण्ड मिचेर राखिएका ठेला गाडा हटाएको हो ।