एक निर्वाचन क्षेत्र रहेको दोलखाको प्रदेश (ख) मा नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार भरतबहादुर केसी प्रदेश सभा सदस्यमा विजयी हुनुभएको छ ।
मङ्सिर ४ गते भएको निर्वाचनमा समानुपातिकतर्फ एक करोड चार लाख २० हजार १२५ मतगणना हुँदा नेकपा एमालेले २७ लाख ८८ हजार मत कटाएको छ ।
प्रमुख राजनीतिक दलहरूले लुम्बिनी प्रदेशको राजधानी सार्ने कामका लागि हतार नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
म्याग्दी र मुस्ताङका लागि मध्यपहाडी लोकमार्ग पोखरा – बागलुङ सडक हुँदै गुडेका सवारीसाधन पर्वतको मालढुङ्गा पुगेर रोकिन्छन् र दायाँ मोडिन्छन् । २३ वर्ष अघि ट्र्याक खुलेको यो सडकको स्तरोन्नति गर्न राज्यको प्राथमिकतामा अहिलेसम्म परेको छैन ।
निर्वाचन आयोगले मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदका उम्मेदवारलाई अन्तिम मतपरिणाम प्रकाशित भएको मितिले ३५ दिनभित्र खर्च विवरण बुझाउन निर्देशन दिएको छ ।
नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् पूर्व सञ्चार तथा सूचना मन्त्री गोकुलप्रसाद बास्कोटाको घर बाहिर फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको छ ।
दक्षिण सुडानमा तैनाथ श्री चन्दननाथ गण (शान्ति सेना) आठौँ डफ्फालाई बदली गर्नको लागि श्री वीरदल गण नवौं डफ्फाको पहिलो टोलीका २१३ जना नेपाली शान्ति सैनिकहरू त्यसतर्फ प्रस्थान गरेका छन् ।
बैतडीको पञ्चेश्वर गाउँपालिका–४, की माया लुहारको हत्या आरोपित शिवनाथ–४, का सशस्त्र प्रहरी जवानसमेत रहेका भरत कोली पक्राउ गरेका छन् ।
सुनकोसी गाउँपालिका ओखलढुङ्गाले ज्येष्ठ नागरिकलाई जाडोमा हटब्यागको व्यवस्था गरेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देशको समग्र विकास, जनताको आर्थिक समृद्धि र रोजगारी सृजनाको लागि विशेष योजना बनाएर अगाडि बढ्नुपर्ने धारणा राख्नुभएको छ ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निर्वाचन परिणामले नेपाली कांग्रेस पहिलो शक्ति बनेकाले नेपाली कांग्रेसकै नेतृत्वमा सरकार बन्ने बताउनुभएको छ ।
नेपाल पत्रकार महासङ्घ शाखा सप्तरीका संस्थापक अध्यक्ष तथा मिडिया काउन्सिल मधेश प्रदेशका अध्यक्ष समेत रहनुभएका वरिष्ठ पत्रकार शिवहरि भट्टराईको गएराति निधन भएको छ ।
बाजुरा जिल्लाको प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले तीन हजार २६१ मतान्तरले अग्रता कायमै छ ।
प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको समानुपातिकतर्फको मतगणनाको काम सकिएको छ । मतगणना सम्पन्न भएसँगै काभ्रेपलाञ्चोक जिल्लामा जनमतको हिसाबले नेकपा एमाले पहिलो पार्टी बनेको छ ।
झापाको अर्जुनधारा नगरपालिका वडा नंं. ४ स्थित भाङवारिमा भएको दुर्घटनामा एकजनाको ज्यान गएको छ । बिजुलीको पोलमा मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा मोटरसाइकल चालक पाँचथर फिदिम १ का ३५ वर्षीय गङ्गाराम काफ्लेको ज्यान गएको प्रहरीले जनाएको छ ।