स्याङ्जा निर्वाचन क्षेत्र २ मा मतगणनामा नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता लिनुभएको छ । उहाँले नेकपा नेकपा (एमाले) की पद्माकुमारी अर्याललाई एक हजार ३२७ मतले पछि पार्नुभएको हो ।
नेपाली कांग्रेस अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुङ्गानाले पार्टीभित्र अन्तर्घात गर्नेलाई कारबाही गरिने बताउनुभएको छ ।
लुम्बिनी बौद्ध विश्वविद्यालयले रणनीतिक योजना ‘भिजन २०३० प्लस’ सार्वजनिक गरेको छ । विश्वविद्यालयको १८ औं वार्षिकोत्सवको अवसरमा लुम्बिनीमा आयोजित एक समारोहका बीच रणनीतिक योजना ‘भिजन २०३० प्लस’ सार्वजनिक गरिएको हो ।
अवरुद्ध गमगाड वितरण केन्द्रको विद्युत् सञ्चालनमा आउने भएको छ । बाढी र पहिरोका कारण क्षति पुगेसँगै अवरुद्ध भएको विद्युत् झन्डै दुई महिना लगाएर क्यानल तथा नहरको मर्मत कार्य सम्पन्न गरी शुक्रबारबाट सञ्चालनमा आउने भएको हो ।
नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभाका नवनिर्वाचित सांसद डा. शेखर कोइरालाले वर्तमान गठबन्धनले नै सरकार बनाउने बताउनुभएको छ ।
एचआईभी सङ्क्रमितको सङ्ख्या २१ वर्षमा ८४ प्रतिशतले घटेको छ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले सन् २०२१ मा ६८० नयाँ सङ्क्रमित थपिएको अनुमान गरेको छ । यो सन् २००० को तुलनामा ८४ प्रतिशतले कमी हो ।
रुपन्देही सैनामैना नगरपालिका वडा ५ मा रहेको कोटियामाईको मन्दिर अगाडिका हात्तीका मूर्तिहरू संरक्षण नहुँदा अलपत्र परेका छन्।सदियौँ पुरानो उक्त मन्दिर वरपर तरबार नहुँदा पशुचाैपाया चराउने र केटाकेटी खेल्ने गरेकाले मूर्तिहरू तोडफोड भएर अलपत्र परेका हुन्।
दोलखाका केही स्थानमा बिहीबार हुने पुनः मतदानका लागि आवश्यक तयारी पूरा भएको छ । मतदानका लागि कर्मचारी, मतपत्र, मतपेटिकालगायतका निर्वाचन सामग्री मतदान हुने ११ वटै केन्द्रमा पुगिसकेको मुख्य निर्वाचनको कार्यालयले जनाएको छ ।
समानुपातिकतर्फको मतगणनामा नेकपा एमालेले २७ लाख मत कटाएको छ । निर्वाचन आयोगकाअनुसार बुधबारसम्मको गणनामा एमालेले २७ लाख तीन हजार ९५७ मत पाएको हो । नेपाली कांग्रेसले २५ लाख ६४ हजार २८७ मत पाएर समानुपातिकतर्फ दोस्रो स्थानमा छ । नेकपा माओवादी केन्द्रले ११ लाख ४६ हजार ७३३ मतसहित तेस्रो स्थानमा छ ।
गगने वादी वीरेन्द्रनगर–११ को शान्तिपुरका बासिन्दा हुनुहुन्छ । ६२ वर्षीय उहाँ शारीरिक रूपमा अस्वस्थ हुँदा हिँड्डूल गर्न सक्नुुहुुन्न । ह्वीलचेयरको सहारामा यताउता गर्नुहुुन्छ । त्यो पनि मुस्किलले घर–आँगन वरिपरी मात्रै ।
तीन दिनदेखि स्थगित मतगणना मंगलबारबाट सुचारु भएपछि सुनसरी ४ मा सञ्चार तथा सूचना प्रविधि एवं कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले अग्रता लिनुभएको छ । हालसम्म भएको २८ वटाको मतगणना हुदाँसम्म ३९९ मतले अग्रता कायम गर्नुभएको हो ।
पिस कोरको विश्वव्यापी कार्यसञ्चालनसम्बन्धी कार्यालयका सहनिर्देशक स्कट बिइल यस क्षेत्रको भ्रमणको सिलसिलामा दुई दिने बसाइका लागि हिजाे नेपाल आइपुग्नुभएको छ ।
पुन (मगर) जातिको कला, संस्कृति र परम्परागत शैलीलाई संरक्षण गर्न करबाकेली इको ट्रेकमा सङ्ग्रहालय स्थापना गरिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ काफलडाँडास्थित करबाकेलीमा पुन समुदायले चन्दा सहयोग जुटाएर सङ्ग्रहालय स्थापना गरेका हुन् । सङ्ग्रहालय स्थापना भएपछि पर्यटन प्रवद्र्धनमा टेवा मिल्ने विश्वास गरिएको छ ।
नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकमा मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन एवम् मतपरिणामको प्रारम्भिक समीक्षा भएको छ ।
ट्राफिक प्रहरीले २२ वटा मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।