गुल्मीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो बनेको छ । जिल्लाका दुवै प्रतिनिधि सभाको समानुपातिक तर्फको मतगणना सकिदा घण्टी चुनाव चिन्ह भएको राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो बनेको हो ।
वि.सं. २०६४ सालमा पहिलो संविधानसभाको निर्वाचनदेखि जनार्दन शर्माले चौथौं पटक विजय हुनुभएको छ । वि.सं. २०४८ सालमा पहिलो पटक निर्वाचनमा उठेका उहाँ साेबेला कांग्रेस नेता गोपालजिजङ् शाहसँग पराजित हुनुभएको थियो ।
सिनेमा र रङ्गमञ्चमा धेरै रुचाइएका कलाकारहरू वास्तविक चुनावी रङ्गमञ्चमा अस्वीकृत हुनुभएका छन् । चुनावमा उम्मेदवारी दिनुभएका प्रायः कलाकारहरूको पराजय हुँदा प्रदेशसभामा एकजना विजय हुनुभएको छ ।
माओवादीको सदस्यता लिएको आरोपमा पक्राउ परेर चरम यातनापछि मर्यो भनेर छाडिएका चिन्तामणि भट्ट अहिले गाउँका अगुवा किसान बन्नुभएको छ ।
सरकारले आगो बालेर घरभित्र बस्दा झ्याल ढोका खोलेर बस्न आग्रह गरेको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले सूचना जारी गर्दै देशैभरी चिसो बढ्दै गएकाले घरभित्र आगो बालेर बस्दा झ्याल ढोका खोलेर बस्न आग्रह गर्नुभएको हो ।
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी लोकमार्ग निर्माण प्रारम्भ भएको डेढ दशक बिते पनि अझै काम सम्पन्न हुन सकेको छैन । आर्थिक वर्ष २०६४/६५ देखि सुरु भएको यस आयोजना १० वर्षमा सक्ने लक्ष्य रहेको थियो । तर, तोकिएभन्दा पाँच वर्ष बढी समय बिते पनि अझै एक तिहाई काम बाँकी रहेको छ ।
गुल्मी निर्वाचन क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा तथा प्रदेशसभातर्फको समानुपातिक मत परिणामअनुसार नेकपा (एमाले) पहिलो र नेपाली काँग्रेस दोस्रो बनेको छ ।
कालीगण्डकी गाउँपालिका वडा ३ का अध्यक्षले वडा सदस्यहरुलाई थाहा नै नदिई बजेट बनाउने गरेको पाइएको छ । वडा अध्यक्ष रुपबहादुर श्रीसले वडा सदस्यहरुसँग समन्वय नै नगरी एकलौटी रुपमा बजेट निर्माण गर्ने गरेको वडा सदस्य तारा रानाले गुनासो गर्नुभयो ।
प्रतिनिधि सभाको सदस्य पदमा नवनिर्वाचित मोरङ ३ का सांसद एवम् कांग्रेस नेता डा. सुनीलकुमार शर्माले नोवेल शिक्षण अस्पताल विराटनगरमा निशुल्क क्याविन सेवाको उद्घाटन गर्नुभएको छ । चुनावमा मतदातासँग भोट माग्ने क्रममा उहाँले निर्वाचनमा विजयी भएको प्रमाणपत्र पाएको ७२ घण्टा भित्र ५० शैया क्याविन निशुल्क सञ्चालन गर्ने घोषणा गर्नुभएको हाे।
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार निर्माण गर्नेबारे जिम्मेवारपूर्वक र सोचविचार गरेर निर्णय गर्ने बताउनुभएको छ । आफूहरु सरकार बनाउनेभन्दा पनि अस्थिरतालाई न्यूनिकरण गर्नेतर्फ केन्द्रित हुने उहाँले बताउनुभयो ।
झापाको बिर्तामोडमा शनिवार बेलुका धान बोकेको ट्रयाक्टर पल्टिँदा एक वृद्धको मृत्यु भएको छ । बिर्तामोड ९ कंचन टोलमा बेलुका करिब ७ बजेतिर थ्रेसर गरेको धान बोकेको प्र १–०१–००१ त ८४८९ नम्बरको ट्रयाक्टर अनियन्त्रित भएर पल्टिँदा ट्रयाक्टरमा रहनुभएका ७२ वर्षीय बुद्धराज श्रेष्ठको मृत्यु भएको हो ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको बारा जिल्लाका चारवटै निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भएको छ । यसअघि तीन वटा सम्पन्न भए पनि निर्वाचन क्षेत्र नं. २ को अन्तिम परिणाम ढिलो आएको जिल्ला निर्वाचन कार्यालय बाराले जनाएको छ ।
कपिलवस्तु–२ मा कांग्रेसका उम्मेदवार सुरेन्द्रराज आचार्य ३१७ मतान्तरले विजयी हुनु भएको छ । उहाँले एमालेका बृजेश कुमार गुप्तालाई पराजित गर्दै विजयी हुनुभएको हो ।
मतदान सकिएको एक हप्ता हुन लागेको भए पनि स्याङ्जा क्षेत्र नं. २ को मतगणना अझै सुरु हुन सकेको छैन ।
रुपन्देही क्षेत्र नम्बर ३ मा राप्रपाका दिपक बोहोरा विजय हुनुभएको छ । पछिल्लो मत परिणामअनुसार बोहोराले ३६ हजार ६४८ मत प्राप्त गर्नुभएको हो । उहाँका प्रतिस्पर्धामा रहनुभएका नेपाली कांग्रेसका बालकृष्ण खाणले ३४ हजार ६ मत ल्याउनुभयो ।