सुर्खेत, वैशाख २५ गते । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको ५० औँ स्थापना दिवसका अवसरमा नगरपालिकाले गोरखापत्रकर्मी रजनी योगीसहित सातजना पत्रकारलाई सम्मान गरेको छ ।
पत्रकारिताका माध्यमबाट सञ्चार क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै उहाँहरूलाई पुरस्कृत गरिएको नगरपालिकाले जनाएको छ । वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल, उपप्रमुख निलकण्ठ खनाल र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद बास्कोटाले नगद रकम र कदरपत्रले सम्मान गर्नुभएको छ ।
पुरस्कृत हुने पत्रकारमा गोरखापत्र दैनिकमा कार्यरत रजनी योगी, शिलापत्र डटकमका ओम शाही, राजधानी दैनिकका प्रकाश अधिकारी, बाह्रखरी डटकमका विवशकुमार सेजुवाल, रेडियो भेरीका मधुवन विसी, हिमाल प्रेसका रमा केसी र अनलाइन खबरका यज्ञ खत्री रहनुभएको छ । २०३३ सालमा स्थापना भएको विरेन्द्रनगरले शुक्रबार आफ्नो ५० ओैं वार्षिकोत्सव भव्य समारोहबिच मनाएको छ ।