रुकुम पूर्व प्रदेशसभा 'ख' मा नेपाली कांग्रेसका उम्मेदवार धनबहादुर केसी विजयी हुनुभएको छ । उहाँले ४ हजार २ सय ६२ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, उहाँका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार नरहरी खड्काले २ हजार २ सय ४४ मत प्राप्त गर्नुभएको छ ।
रुकुम पूर्वको प्रतिनिधि सभामा नेकपा माओवादी केन्द्रका उम्मेदवार पूर्णबहादुर घर्ती विजयी हुनुभएको छ । उहाँले १२ हजार २ सय ६२ मत प्राप्त गरेर विजयी हाँसिल गर्नुभएको हो ।
सर्लाहीको क्षेत्र नम्बर १ (ख) बाट प्रदेश सभा सदस्यमा नेकपा (एकीकृत समाजवादी) की बेची लुङ्गेली निर्वाचित हुनुभएको छ ।
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भए पनि बुधबारसम्म चार वटा जिल्लाको मत गणना हुन बाँकी छ । बागमती प्रदेशको दोलखा, गण्डकीको स्याङ्जा कर्णाली प्रदेशको हुम्ला र सुदुरपश्चिम प्रदेशको बाजुरामा मत गणना हुन बाँकी छ ।
रुपन्देही क्षेत्र नम्बर ३ मा सत्ता गठबन्धनका उम्मेदवार एवंम् गृहमन्त्री बालकृष्ण खाणले मतान्तर फराकिलो गराउँदै जानुभएको छ ।
झापा क्षेत्र नम्बर १ को प्रतिनिधि सभाको निर्वाचनको मत गणनामा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको जित नजिक पुग्नुभएको छ ।
ताप्लेजुङमा नेकपा (एमाले) का उम्मेदवार योगेशकुमार भट्टराईले अन्तिममा आएर अग्रता लिनुभएको छ । सुरुदेखि नै अग्रता कायम राख्दै आउनुभएका नेकपा (माओवादी केन्द्र) का खेलप्रसाद बुडाक्षेत्री ‘पराग’लाई पछि पार्दै भट्टराईले अग्रता लिनुभएको हो ।
अर्घाखाँचीमा प्रदेश सभा 'क'मा नेकपा एमालेका उम्मेदवार चेतनारायण आचार्य विजयी हुनुभएको छ । आर्चायले २० हजार ५ सय १८ मत लिएर विजयी हुनुभएको हो ।
डोटी प्रदेश सभा “ख” बाट सत्तारुढ गठबन्धनका उम्मेदवार शिवसिंह ओली विजयी हुनुभएको छ । नेकपा माओवादी केन्द का तर्फबाट उम्मेदवार ओलीले नेकपा एमालेका उम्मेदवार टेक बमलाई पराजित गर्नुभयाे ।
नेकपा (माओवादी केन्द्र) ले प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सिन्धुली क्षेत्र २ मा पहिलो विजयी खाता खोलेको छ । सत्ता गठबन्धन दलको तर्फबाट नेकपा ९माओवादी केन्द्र०का केन्द्रिय सदस्य तथा सिन्धुली जिल्ला इन्चार्ज लेख नाथ दाहाल 'राजन'ले भारी मतका साथ विजयी हुनुभएकाे छ ।
निर्वाचनको पछिल्लो मतगणना परिणामअनुसार रौतहट प्रतिनिधि सभा क्षेत्र न १ बाट माधवकुमार नेपाल ४ हजार ६३० मतले अगाडि रहनु भएको छ ।
जाजरकोटको प्रदेश सभा अन्तर्गत भएका निर्वाचनमा दुवै क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रदेश सभा क मा सत्ता गठवन्धनका तर्फबाट साझा उम्मेदवार नेपाली काँग्रेसका जिल्ला सभापति समेत रहनु भएका बेदराज सिंह ले १८ हजार ५४३ मत ल्याएर विजयी हुनु भएको छ ।
एक मात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको बैतडीमा नेकपा एमालेका उम्मेदवार दामोदर भण्डारीले अग्रता कायम गरिरहनु भएको छ ।
मोरङको निर्वाचन क्षेत्र नम्बर ६ मा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार डा. शेखर कोइरालाले अग्रता कायम छ ।
पर्सा जिल्लामा बाम लोकतान्त्रिक गठबन्धनका ५ जना उम्मेदवार प्रदेशसभा सदस्यमा निर्वाचित हुनु भएको छ । पर्सामा रहेको ८ प्रदेश सभाको सिटमा हालसम्म ५ जना बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार निर्वाचित हुनु भएको हो ।