पश्चिम नवलपरासीको संधिय निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका तर्फबाट उमेदवार बनेका उद्योगपति विनोद चौधरीको लगातार अग्रता कायम रहेको छ ।
कञ्चनपर क्षेत्र नं. २ (क) प्रदेशसभामा गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका ओमविक्रम भाट(सरल) विजयी हुनुभएको छ ।
धादिङको प्रतिनिधिसभा क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा क मा नेपाली कांग्रेसका उम्मेदवार मधुकुमार श्रेष्ठ विजयी हुनुभएको छ ।
सल्यानमा प्रतिनिधिसभाको मतगणनामा नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव प्रकाश ज्वालाको अग्रता कायम छ । सुरुवाती चरणमै अग्रता लिनुभएका उहाँले २४ हजार तीनसय मत प्राप्त गरी अग्रता कायम गर्नुभएको हो ।
बाँके २ मा प्रत्यक्षतर्फको मतगणना सकिएलगत्तै बुधबार बिहानबाट समानुपातिकतर्फको मतगणना शुरु गरिएको छ ।
सल्यानमा दुई प्रदेशभाको मतगणना एकैसाथ गरिएको छ । प्रदेश सभा सत्ता गठबन्धनका उम्मेदवारको अग्रता रहेको छ । प्रदेश सभा क्षेत्र नम्वर क मा नेकपा (माओवादी केन्द्र)का भीमप्रकाश शर्माले ५ हजार ९६८ अग्रता कायम गर्नुभएको छ ।
ताप्लेजुङमा नेकपा (एमाले) का सचिव योगेशकुमार भट्टराई प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । भट्टराईले वामलोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) का खेलप्रसाद बुडाक्षेत्री ‘पराग’ लाई पराजित गर्दै निर्वाचित हुनुभएको हो ।
भक्तपुर, निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश 'ख' मा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका राजेन्द्र मान श्रेष्ठ अगाडि हुनुभएको छ ।
रुकुम पूर्व प्रदेशसभा 'ख' मा नेपाली कांग्रेसका उम्मेदवार धनबहादुर केसी विजयी हुनुभएको छ । उहाँले ४ हजार २ सय ६२ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, उहाँका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार नरहरी खड्काले २ हजार २ सय ४४ मत प्राप्त गर्नुभएको छ ।
रुकुम पूर्वको प्रतिनिधि सभामा नेकपा माओवादी केन्द्रका उम्मेदवार पूर्णबहादुर घर्ती विजयी हुनुभएको छ । उहाँले १२ हजार २ सय ६२ मत प्राप्त गरेर विजयी हाँसिल गर्नुभएको हो ।
सर्लाहीको क्षेत्र नम्बर १ (ख) बाट प्रदेश सभा सदस्यमा नेकपा (एकीकृत समाजवादी) की बेची लुङ्गेली निर्वाचित हुनुभएको छ ।
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भए पनि बुधबारसम्म चार वटा जिल्लाको मत गणना हुन बाँकी छ । बागमती प्रदेशको दोलखा, गण्डकीको स्याङ्जा कर्णाली प्रदेशको हुम्ला र सुदुरपश्चिम प्रदेशको बाजुरामा मत गणना हुन बाँकी छ ।
रुपन्देही क्षेत्र नम्बर ३ मा सत्ता गठबन्धनका उम्मेदवार एवंम् गृहमन्त्री बालकृष्ण खाणले मतान्तर फराकिलो गराउँदै जानुभएको छ ।
झापा क्षेत्र नम्बर १ को प्रतिनिधि सभाको निर्वाचनको मत गणनामा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको जित नजिक पुग्नुभएको छ ।
ताप्लेजुङमा नेकपा (एमाले) का उम्मेदवार योगेशकुमार भट्टराईले अन्तिममा आएर अग्रता लिनुभएको छ । सुरुदेखि नै अग्रता कायम राख्दै आउनुभएका नेकपा (माओवादी केन्द्र) का खेलप्रसाद बुडाक्षेत्री ‘पराग’लाई पछि पार्दै भट्टराईले अग्रता लिनुभएको हो ।