एक निर्वाचन क्षेत्र रहेको कालिकोटको मतगणना सुरु भएको छ। मङ्गलबार बिहान आठ बजे बसेको सर्वदलीय बैठकपश्चात् मतगणना २ बजेदेखि सुरु भएकाे छ। दुई प्रदेश सभा सदस्य रहेको कालीकोटमा प्रदेश सभा क बाट मतगणना सुरु गरिएको छ ।
प्रतिनिधि र प्रदेश सभामा सत्ता गठवन्धनका उम्मेदवारको अग्रता छ । सल्यानमा नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले छ हजार ७५१ मत लिनुभएको छ । ज्वालाले ११ हजार ७९६ मतका साथ अग्रता कायम गर्नुभएको छ ।
प्रतिनिधिसभा सदस्यकाे लागि भएकाे निर्वाचनमा गाेरखा २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सात हजार ५७ मतसहित प्राप्त गर्नुभएकाे छ ।
सप्तरी २ को दुईवटै प्रदेशसभातर्फ जनमत पार्टीका उम्मेदवारले आफ्नो जीत सुनिश्चित गर्दै जनमत पार्टीले सप्तरीबाट आफ्नो खाता खोलेका छन् ।
दाङ जिल्लाको तीन वटै सङ्घीय क्षेत्रमा गठबन्धन दलका उम्मेदवारहरूको अग्रता रहेको छ । क्षेत्र नम्बर ३ मा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार दीपक गिरीले अग्रता कायम गर्नुभएको छ ।
प्रारम्भिक मतगणनामा प्रतिनिधि सभा–१ मा नेकपा एमालेका सरेश नेपाल र प्रतिनिधि सभा–२ मा गठबन्धनका काँग्रेसका मोहनबहादुर बस्नेतले अग्रता कायम गरेका छन् ।
सप्तरी क्षेत्र २ 'ख' मा जनमत पार्टीका महेशप्रसाद यादव विजयी हुनुभएको छ ।
रुकुम पश्चिममा प्रतिनिधिसभा सदस्यको लागि भएको निर्वाचनमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार जनार्दन शर्माले ३५९ मत ल्याउनु भएको छ ।
यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा राजनीतिक विवादका कारण स्थगन मतदानस्थलमा आज पुन मतदान भइरहेको छ ।
ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीले अग्रता कायम राख्नुभएको छ ।
प्रदेशसभाको सदस्यको लागि भएको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ (क) मा लौरो चिन्ह लिएर चुनावमा उत्रनुभएका हाम्रो नेपाली पार्टीका उम्मेदवार शैलेन्द्र बज्राचार्य निर्वाचित हुनुभएको छ ।
दाङ निर्वाचन क्षेत्र नम्बर २ मा हँसिया हथौडा चिन्ह लिनुभएका नेकपा (माओवादी केन्द्र)का उम्मेदवार रेखा शर्माले अग्रता कायम गर्नुभएको छ । २७८० मत गन्दा उहाँले एक हजार ४५० मत प्राप्त गर्नुभएको हो ।
जिल्लाको भोटखोला गाउँपालिकाको ३ मतदान केन्द्रको मतपेटिका हेलिकप्टरबाट ल्याइएको छ ।
पूर्वी नवलपरासीको निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यको लागि मतगणना सुरु भएको छ । यहाँ नेपाली काँग्रेसका विष्णु कार्कीले अग्रता लिनुभएको छ ।
सप्तरीको प्रतिनिधि सभा सदस्य क्षेत्र नं. १ मा नेपाली कांग्रेसले अग्रता लिएको छ ।