• ११ मंसिर २०८१, मङ्गलबार

सल्यानमा गठबन्धनकाे एस र प्रदेशसभामा माओवादीकाे अग्रता

blog

गठबन्धनका उम्मेदवारहरू । फाइल तस्विर - प्रतीक इच्छुक शर्मा

प्रतीक इच्छुक शर्मा 

सल्यान, मङ्सिर ६ गते । प्रतिनिधि र प्रदेश सभामा सत्ता गठवन्धनका उम्मेदवारको अग्रता छ । सल्यानमा नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले छ हजार ७५१ मत लिनुभएको छ । ज्वालाले ११ हजार ७९६ मतका साथ अग्रता कायम गर्नुभएको छ ।

 नेपाली काँग्रेसका महासमिति तथा पूर्वशिक्षा राज्यमन्त्री रहेका स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहले ५ हजार ४५ मत प्राप्त गर्नुभएको छ । नेकपा एमालेका उम्मेदवार राजेन्द्रवीर रायले तीन हजार १३८ मत प्राप्त गर्नुभएको छ । 

सो क्षेत्रको प्रदेश सभा क मा नेकपा माओवादी केन्द्रका उम्मेदवार भीमप्रकाश शर्मा छ हजार ७७९ मत प्राप्त गर्नुभएको छ । नेकपा एमालेका उम्मेदवार कुलबहादुर गिरी तीन हजार ६४८ मत लिनुभएको छ । 

प्रदेश सभा ख नेपाली काँग्रेसका सुरेश अधिकारी पाँच हजार ६३९ मतसहित अगाडि हुनुहुन्छ । नेकपा एमालेका गुलाव जंगशाहले चार हजार ६२६ मत प्राप्त गर्नुभएको छ ।

सल्यानमा भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा कुल मतदाता एक लाख ५७ हजार ७०१ मतदाता रहेको सल्यानमा ८४ हजार २२ ले मतदान गरेका थिए । कुल मतदाता सङ्ख्याको ५३.२३ प्रतिशत थियो ।