पाल्पाको ग्रामीण बस्ती पँहेलपुर वास्तविक रूपमा पहेँलपुर बनेको छ । यतिबेला तोरी पहेँलो फुलेर सो बस्ती अहिले सुन्दर देखिएको छ ।
कात्तिक १७ गतेदेखि सुरु भएको चुनाव प्रचारप्रसार बिहीबार मध्यरातिसम्म गर्न पाइनेछ भने सीमा नाका आज बुधबारदेखि बन्द गरिनेछ । मङ्सिर ४ गते आइतबार बिहान ७ देखि ५ बजेसम्म सातै प्रदेशमा एकसाथ प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदैछ ।
सुनसरीका सुरक्षा अधिकारीद्वारा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्ने गरी मतदान स्थलहरुको अनुगमन गरिएको छ । भारतीय सीमावर्ती क्षेत्रसँग जोडिएका स्थानीय तहमा रहेका मतदान केन्द्र तथा स्थलहरुकोे निरीक्षण तथा अनुगमन गरिएको हो ।
उदयपुरको त्रियुगा नगरपालिका वडा नं १ र २ को जोगिदहस्थित प्रस्तावित सगरमाथा आन्तरिक विमानस्थल निर्माण गर्ने क्षेत्रमा रहेका रुख कटान गरिएको छ ।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा घरदैलोपछि नेकपा (एमाले) का उम्मेदवारहरू उत्साहित भएका छन् । मतदाताले दिएको सकारात्मक प्रतिक्रिया, राजनीतिक प्रतिबद्धता, विकासका मुद्दामा सुझाव सल्लाह र सङ्गठन विस्तारले उम्मेदवारहरूलाई प्रोत्साहन मिलेको हो ।
मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमीका तीन वटा मतदान केन्द्रमा खटिएका कर्मचारीहरूलाई हेलिकोप्टरबाट दुई दिन लगाएर ओसार्ने कार्य पुरा भएको छ ।
नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आसन्न निर्वाचनपछि जनताले आफूलाई प्रधानमन्त्रीमा देख्न चाहेको बताउनुभएको छ ।
प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि खटिएका कर्मचारीहरुले निर्वाचन सामग्री बुझेर मतदान केन्द्रतर्फ हिँडन थालेका छन् । सदरमुकाम देखि टाढा रहेका मतदान केन्द्रमा खटिएका कर्मचारी र सरक्षाकर्मीहरु बुधवार देखि निर्वाचन सामग्री बुझेर हिँड्न थालेका हुन ।
जुम्लाको प्रतिनिधिसभाको निर्वाचनमा पाँचजनाकाे उम्मेदवारी परे पनि नेकपा (माओवादी केन्द्र) बाट बागी उम्मेदवार बनेका डा.कलबहादुर रोकायाको उम्मेदवारी निष्क्रिय गरेपछि चार जनाबीच प्रतिस्पर्धा हुनुभएको छ ।
नेवा: विद्यार्थी युनियनले स्नातक र स्नातकोत्तर तहमा नेपालभाषा पढ्ने विद्यार्थी भर्नाको माग गर्दै ज्यापू समाज, यललाई मङ्गलबार ज्ञापनपत्र बुझाएको छ ।
कैलाली निर्वाचन क्षेत्र नं. ५ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार पूर्वमन्त्री नारदमुनि रानालाई जितको शृङ्खला दोहोर्याउनु चुनौती देखिएको छ । गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका डिल्लीराज पन्त प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुनुहुन्छ ।
महिला नेतृत्व जन्माउने जिल्लाका रूपमा परिचित स्याङ्जामा दुई महिला नेतृको प्रदेशसभाको भिडन्त रोचक बनेको छ ।
खुर्पा प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । दुई जनाको हत्या अभियोगमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका–५ भगेरी बस्ने २१ वर्षीय पुष्कल भन्ने सोनाम तामाङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी, स्याङ्जामा पार्टीको आन्तरिक विवादका कारण ठूलो समूहबाट निर्वाचनमा सहभागी नहुने निर्णय गरेको छ ।
सुनसरीको सीमावर्ती कोसी गाउँपालिकामा सञ्चालित अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम प्रभावकारी र नमुना भएको भन्दै नेदरल्याण्डस् र बङ्गलादेशी टोलीले प्रशंसा गरेको छ ।