मत बदर हुनबाट जोगिन नागरिकले मतदान गर्दा ख्याल गर्नुपर्ने हुन्छ । नागरिकले मतदान गर्दा ख्याल पुर्याउँदा मत बदर हुनबाट जोगिने निर्वाचन आयोगका उपसचिव एवं सह-प्रवक्ता सूर्यप्रसाद अर्यालले बताउनुभयो ।
झापाको मेचीनगरमा साइकल दुर्घटनामा परेर एकजना व्यक्तिको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय काकड्भिट्टाका अनुसार साइकलमा सवार बुद्धशान्ति गाउँपालिका वडा नं. ५ बस्ने ४५ वर्षीय होमबहादुर पोखरेलको पुलबाट झरेर मृत्यु भएको हो ।
मङ्सिर ४ गतेको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि खटिएका कर्मचारीहरुले निर्वाचन सामग्री बुुझ्न सुुरु गरेका छन् । सदरमुकाम सिमकोटदेखि टाढाका मतदान केन्द्रका कर्मचारीहरुले ती सामग्री बुुझ्नु थालेका हुन् ।
पूर्वी नवलपरासीको कावासोती – १५ का रामेश्वर माझी माछा मार्न नयाँ जाल बुन्न व्यस्त हुनुहुन्छ । माछा मारेर दिनचर्या बिताउने उहाँलाई चुनाव नजिकिए पनि खासै चासो लागेको छैन । अहिलेसम्म चार वटा निर्वाचनमा मतदान गरिसक्नु भएका उहाँकाअनुसार नेता र उम्मेदवारले दिएको आश्वासन पुरा भएको छैन ।
नेकपा एमालेका महासचिव तथा दाङ क्षेत्र नं. २ का उम्मेदवार शङ्कर पोखरेलले प्रदेशको राजधानी पटक–पटक तोक्न नमिल्ने बताउनुभएको छ । लुम्बिनी प्रदेशका मन्त्रालयहरु स्थायी राजधानीमा आउन नसकिरहेको अवस्थामा उम्मेदवार पोखरेलले यस्तो बताउनुभएको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले माओवादी जनयुद्धको बलमा गठन भएको संविधानसभाद्वारा अधिकारसम्पन्न स्थानीय सरकार गठन गरिएको बताउनुभएको छ ।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं क्षेत्र नं. १ का सुकुम्बासी समस्या समाधानका लागि पहल गर्ने बताउनुभएकाे छ । समस्या समाधानका लागि भूमि आयोग बनेको भन्दै त्यसले दिने प्रतिवेदनलाई आधार मानेर समस्याको समाधान निकाल्ने उहाँले बताउनुभयाे।
नेपालभाषा एकाडेमीले १८ औं दान्यहिरा सिरपाः शुक्रबार पाटनढोकामा तीनवटा विधामा वितरण गरेको छ ।
जाडो बढेसँगै लमजुङमा रहेका घुम्ती गोठहरू बेँसी झर्न थालेका छन् । सबै पालिकामा रहेका घुम्ती गोठहरू जाडोका कारण बेँसी झरेको किसानले बताएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङलाई भेटेर समवेदना प्रकट गर्नुभएको छ । श्रीमती शिरमाया गुरुङको शोकमा रहनुभएका गुरुङलाई प्रधानमन्त्री देउवाले चितवनस्थित घरमा पुगेर समवेदना प्रकट गर्नुभएको हो ।
मत माग्न घरदैलो आएका प्रतिनिधि सभा, प्रदेश सभाका उम्मेदवारसँग सिन्धुपाल्चोकका किसानले रासायनिक मल मागेका छन् ।
सुनसरीको इटहरी उपमहानगरपालिकामा लघुकथा सङ्ग्रह ‘बाको फोटो’ लोकार्पण भएको छ । लघुकथाकार निरज कोइरालाले लेख्नुभएको सो सङ्ग्रह प्रा.डा. टङ्क न्यौपानेले लोकार्पण गर्नुभएको हो ।
निर्वाचन आयोगले सिरहाका सुखिपुर नगरपालिका र सखुवानान्कारकट्टी गाउँपालिकालाई यथाशीघ्र मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरी २४ घण्टाभित्र जानकारी गराउन निर्देशन दिएको छ ।
काठमाडौं क्षेत्र नम्बर १० को प्रतिनिधिसभा सदस्यको लागि नेकपा (माओवादी केन्द्र) को तर्फबाट उम्मेदवार बन्नुभएका अन्जना विशन्खेको घरदैलो कार्यक्रममा महिला मतदाताहरू उत्साहित देखिनुभएको छ ।
तनहुँमा आगो ताप्ने क्रममा शरीरमा आगो सल्किएर घाइते भएका बालकको उपचारको क्रममा मृत्यु भएको छ । भिमाद नगरपालिका ७ अर्चलेमा ९ वर्षीय सुभाष थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।