मङ्सिर ४ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कैलाली निर्वाचन क्षेत्र नम्बर ३ मा तीन राजनीतिक दलबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । निर्वाचन नजिकिरहेका बेला सबै दलका उम्मेदवार घरदैलो अभियानमा व्यस्त रहनुभएको छ ।
मङ्सिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि गुल्मी गाउँबस्तीमा चुनावी सरगर्मी छ । उम्मेदवार सबै आ–आफ्नो तरिकाले मतदातालाई भेट्न व्यस्त छन् । मतदाताहरूले शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, खेलमैदान, विद्युत, पूर्वाधारसँग सम्बन्धित विषयमा मतदाताले उम्मेदवारसँग माग राखेका छन् ।
विद्युत प्राधिकरणबाट सभागृह हुँदै पद्मोदय मोडसम्म हाइटेन्सन लाइन (उच्च भोल्टेज ट्रान्समिसन लाइन) मा अवरोध गर्ने रुखका हाँगा हटाउन थालिएको छ । विद्युत प्राधिकरणको अनुरोधपछि प्राधिकरणसँगै सहकार्य गरेर महानगरको जुद्ध बारुण यन्त्र कार्यालयले हाँगा हटाउन जनशक्ति र उपकरण परिचालन गरेको छ ।
प्रतिनिधसभा र प्रदेशसभा सदस्यकाे निर्वाचनमा मत बदरको सङ्ख्या घटाउने उद्देश्यले पूर्वी नवलपरासीका आठ वटै पालिकाहरुमा नमुना मतदान कार्यक्रम सञ्चालन गरिएको छ । अघिल्ला निर्वाचनहरु भन्दा यसपटक फरक ढङ्गको मतपत्र रहेको हुँदा मतदातालाई मतदान प्रक्रिया सिकाउन नमुना मतदान गरिएको हो ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ मोतिपुरमा चलचित्र हलसहितको १४ तले दर्शनटुप्पो निजी क्षेत्रबाट बनाउन थालिएको छ । सो दर्शन टुप्पोको अन्तिम तलाबाट चिया कफी पिउँदै दाङ उपत्यकाको अवलोकन गर्न सकिने बताइएको छ । पाँचौं तलामा १२६ जना सीट क्षमता भएको दुई वटा सिनेमा हल बनाइनेछ ।
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि भारतसँग जोडिएको बाँकेको सीमा नाका तीन दिन पुर्ण रुपमा बन्द गरिने भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य कुन्तिदेवी पोखरेलले राष्ट्रसेवक भएर काम गर्न आफ्नो उम्मेदवारी रहेको बताउनुभएको छ ।
लमजुङमा मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुका लागि एक दिने तालिम हुँदैछ । आइतबार लमजुङमा मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुका लागि आयोजित तालिमको निर्वाचन आयुक्त डा।जानकी कुमारी तुलाधरले उद्घाटन गर्नुभएको हो ।
मत बदर हुनबाट जोगिन नागरिकले मतदान गर्दा ख्याल गर्नुपर्ने हुन्छ । नागरिकले मतदान गर्दा ख्याल पुर्याउँदा मत बदर हुनबाट जोगिने निर्वाचन आयोगका उपसचिव एवं सह-प्रवक्ता सूर्यप्रसाद अर्यालले बताउनुभयो ।
झापाको मेचीनगरमा साइकल दुर्घटनामा परेर एकजना व्यक्तिको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय काकड्भिट्टाका अनुसार साइकलमा सवार बुद्धशान्ति गाउँपालिका वडा नं. ५ बस्ने ४५ वर्षीय होमबहादुर पोखरेलको पुलबाट झरेर मृत्यु भएको हो ।
मङ्सिर ४ गतेको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि खटिएका कर्मचारीहरुले निर्वाचन सामग्री बुुझ्न सुुरु गरेका छन् । सदरमुकाम सिमकोटदेखि टाढाका मतदान केन्द्रका कर्मचारीहरुले ती सामग्री बुुझ्नु थालेका हुन् ।
पूर्वी नवलपरासीको कावासोती – १५ का रामेश्वर माझी माछा मार्न नयाँ जाल बुन्न व्यस्त हुनुहुन्छ । माछा मारेर दिनचर्या बिताउने उहाँलाई चुनाव नजिकिए पनि खासै चासो लागेको छैन । अहिलेसम्म चार वटा निर्वाचनमा मतदान गरिसक्नु भएका उहाँकाअनुसार नेता र उम्मेदवारले दिएको आश्वासन पुरा भएको छैन ।
नेकपा एमालेका महासचिव तथा दाङ क्षेत्र नं. २ का उम्मेदवार शङ्कर पोखरेलले प्रदेशको राजधानी पटक–पटक तोक्न नमिल्ने बताउनुभएको छ । लुम्बिनी प्रदेशका मन्त्रालयहरु स्थायी राजधानीमा आउन नसकिरहेको अवस्थामा उम्मेदवार पोखरेलले यस्तो बताउनुभएको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले माओवादी जनयुद्धको बलमा गठन भएको संविधानसभाद्वारा अधिकारसम्पन्न स्थानीय सरकार गठन गरिएको बताउनुभएको छ ।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं क्षेत्र नं. १ का सुकुम्बासी समस्या समाधानका लागि पहल गर्ने बताउनुभएकाे छ । समस्या समाधानका लागि भूमि आयोग बनेको भन्दै त्यसले दिने प्रतिवेदनलाई आधार मानेर समस्याको समाधान निकाल्ने उहाँले बताउनुभयाे।