सुन्तला पाक्न थालेपछि खरिद गर्नका लागि व्यापारीहरू बोटमै पुगेका छन् । पछिल्लो समय सुन्तला उत्पादनको पकेट क्षेत्रका रूपमा चिनिँदै गएको म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गास्थित बास्कुनाको सुन्तला खरिद गर्न व्यापारीहरू किसानको बगैँचामै पुगेका हुन् ।
ल्मीमा ७४ वर्षीया वृद्धाको आफ्नै घरभित्र शङ्कास्पद मृत्यु भएको छ । जिल्लाको इश्मा गाउँपालिका वडा नम्बर ५ की ७४ वर्षीया जीवकला थापाको घरको ढोकामा ताल्चा लगाएको र घरभित्र थापा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले चुनावी प्रचारप्रसारका लागि घरदैलो अभियानलाई तीव्रता दिनुभएको छ । नवलपरासी–१ मा सत्ता गठबन्धनबाट प्रतिनिधि सभामा साझा उम्मेदवार रहनुभएका चौधरीले यतिबेला घरघरमा पुगेर स्थानीय समस्या बुझ्दै चुनावी प्रचारप्रसारलाई तीव्रता दिनुभएको हो ।
प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि सुरक्षा व्यवस्थाबारे चासो र चर्चा बढ्न थालेको छ । केही समूहले निर्वाचन बिथोल्न औपचारिक रुपमै आह्वान गरेको र गतिविधि बढाएकाले सुरक्षा व्यवस्था थप कडा पारेको प्रशासनले जनाएको छ ।
निर्वाचनमा भोट माग्न उम्मेदवारहरू गाउँगाउँमा पुग्न थालेको बेला बाजुराका अधिकांश युवा रोजगारीका लागि दिनानुदिन भारतमा जान थालेका छन् ।
वाम लोकतान्त्रिक गठबन्धन स्याङ्जाले मङ्सिर ४ गते हुन लागिरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि सामूहिक प्रतिबद्धता जनाएका छन् ।
पाँचौं ताम्राकार फुटसल प्रतियोगिता २०२२ को उपाधि बीके सुनचाँदी पसलले हात पारेको छ । ताम्राकार समाजको युवा तथा खेलकुद उपसमितिको आयोजनामा भएको उक्त प्रतियोगितामा बीके सुनचाँदी पसलले मेडस मार्ट फार्मेसीलार्ई १–० गोलले पराजित गरेको थियो ।
मङ्सिर ४ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कैलाली निर्वाचन क्षेत्र नम्बर ३ मा तीन राजनीतिक दलबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । निर्वाचन नजिकिरहेका बेला सबै दलका उम्मेदवार घरदैलो अभियानमा व्यस्त रहनुभएको छ ।
मङ्सिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि गुल्मी गाउँबस्तीमा चुनावी सरगर्मी छ । उम्मेदवार सबै आ–आफ्नो तरिकाले मतदातालाई भेट्न व्यस्त छन् । मतदाताहरूले शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, खेलमैदान, विद्युत, पूर्वाधारसँग सम्बन्धित विषयमा मतदाताले उम्मेदवारसँग माग राखेका छन् ।
विद्युत प्राधिकरणबाट सभागृह हुँदै पद्मोदय मोडसम्म हाइटेन्सन लाइन (उच्च भोल्टेज ट्रान्समिसन लाइन) मा अवरोध गर्ने रुखका हाँगा हटाउन थालिएको छ । विद्युत प्राधिकरणको अनुरोधपछि प्राधिकरणसँगै सहकार्य गरेर महानगरको जुद्ध बारुण यन्त्र कार्यालयले हाँगा हटाउन जनशक्ति र उपकरण परिचालन गरेको छ ।
प्रतिनिधसभा र प्रदेशसभा सदस्यकाे निर्वाचनमा मत बदरको सङ्ख्या घटाउने उद्देश्यले पूर्वी नवलपरासीका आठ वटै पालिकाहरुमा नमुना मतदान कार्यक्रम सञ्चालन गरिएको छ । अघिल्ला निर्वाचनहरु भन्दा यसपटक फरक ढङ्गको मतपत्र रहेको हुँदा मतदातालाई मतदान प्रक्रिया सिकाउन नमुना मतदान गरिएको हो ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ मोतिपुरमा चलचित्र हलसहितको १४ तले दर्शनटुप्पो निजी क्षेत्रबाट बनाउन थालिएको छ । सो दर्शन टुप्पोको अन्तिम तलाबाट चिया कफी पिउँदै दाङ उपत्यकाको अवलोकन गर्न सकिने बताइएको छ । पाँचौं तलामा १२६ जना सीट क्षमता भएको दुई वटा सिनेमा हल बनाइनेछ ।
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि भारतसँग जोडिएको बाँकेको सीमा नाका तीन दिन पुर्ण रुपमा बन्द गरिने भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य कुन्तिदेवी पोखरेलले राष्ट्रसेवक भएर काम गर्न आफ्नो उम्मेदवारी रहेको बताउनुभएको छ ।
लमजुङमा मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुका लागि एक दिने तालिम हुँदैछ । आइतबार लमजुङमा मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुका लागि आयोजित तालिमको निर्वाचन आयुक्त डा।जानकी कुमारी तुलाधरले उद्घाटन गर्नुभएको हो ।