प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि खटिएका कर्मचारीहरुले निर्वाचन सामग्री बुझेर मतदान केन्द्रतर्फ हिँडन थालेका छन् । सदरमुकाम देखि टाढा रहेका मतदान केन्द्रमा खटिएका कर्मचारी र सरक्षाकर्मीहरु बुधवार देखि निर्वाचन सामग्री बुझेर हिँड्न थालेका हुन ।
जुम्लाको प्रतिनिधिसभाको निर्वाचनमा पाँचजनाकाे उम्मेदवारी परे पनि नेकपा (माओवादी केन्द्र) बाट बागी उम्मेदवार बनेका डा.कलबहादुर रोकायाको उम्मेदवारी निष्क्रिय गरेपछि चार जनाबीच प्रतिस्पर्धा हुनुभएको छ ।
नेवा: विद्यार्थी युनियनले स्नातक र स्नातकोत्तर तहमा नेपालभाषा पढ्ने विद्यार्थी भर्नाको माग गर्दै ज्यापू समाज, यललाई मङ्गलबार ज्ञापनपत्र बुझाएको छ ।
कैलाली निर्वाचन क्षेत्र नं. ५ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार पूर्वमन्त्री नारदमुनि रानालाई जितको शृङ्खला दोहोर्याउनु चुनौती देखिएको छ । गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका डिल्लीराज पन्त प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुनुहुन्छ ।
महिला नेतृत्व जन्माउने जिल्लाका रूपमा परिचित स्याङ्जामा दुई महिला नेतृको प्रदेशसभाको भिडन्त रोचक बनेको छ ।
खुर्पा प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । दुई जनाको हत्या अभियोगमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका–५ भगेरी बस्ने २१ वर्षीय पुष्कल भन्ने सोनाम तामाङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी, स्याङ्जामा पार्टीको आन्तरिक विवादका कारण ठूलो समूहबाट निर्वाचनमा सहभागी नहुने निर्णय गरेको छ ।
सुनसरीको सीमावर्ती कोसी गाउँपालिकामा सञ्चालित अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम प्रभावकारी र नमुना भएको भन्दै नेदरल्याण्डस् र बङ्गलादेशी टोलीले प्रशंसा गरेको छ ।
सुन्तला पाक्न थालेपछि खरिद गर्नका लागि व्यापारीहरू बोटमै पुगेका छन् । पछिल्लो समय सुन्तला उत्पादनको पकेट क्षेत्रका रूपमा चिनिँदै गएको म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गास्थित बास्कुनाको सुन्तला खरिद गर्न व्यापारीहरू किसानको बगैँचामै पुगेका हुन् ।
ल्मीमा ७४ वर्षीया वृद्धाको आफ्नै घरभित्र शङ्कास्पद मृत्यु भएको छ । जिल्लाको इश्मा गाउँपालिका वडा नम्बर ५ की ७४ वर्षीया जीवकला थापाको घरको ढोकामा ताल्चा लगाएको र घरभित्र थापा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले चुनावी प्रचारप्रसारका लागि घरदैलो अभियानलाई तीव्रता दिनुभएको छ । नवलपरासी–१ मा सत्ता गठबन्धनबाट प्रतिनिधि सभामा साझा उम्मेदवार रहनुभएका चौधरीले यतिबेला घरघरमा पुगेर स्थानीय समस्या बुझ्दै चुनावी प्रचारप्रसारलाई तीव्रता दिनुभएको हो ।
प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि सुरक्षा व्यवस्थाबारे चासो र चर्चा बढ्न थालेको छ । केही समूहले निर्वाचन बिथोल्न औपचारिक रुपमै आह्वान गरेको र गतिविधि बढाएकाले सुरक्षा व्यवस्था थप कडा पारेको प्रशासनले जनाएको छ ।
निर्वाचनमा भोट माग्न उम्मेदवारहरू गाउँगाउँमा पुग्न थालेको बेला बाजुराका अधिकांश युवा रोजगारीका लागि दिनानुदिन भारतमा जान थालेका छन् ।
वाम लोकतान्त्रिक गठबन्धन स्याङ्जाले मङ्सिर ४ गते हुन लागिरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि सामूहिक प्रतिबद्धता जनाएका छन् ।
पाँचौं ताम्राकार फुटसल प्रतियोगिता २०२२ को उपाधि बीके सुनचाँदी पसलले हात पारेको छ । ताम्राकार समाजको युवा तथा खेलकुद उपसमितिको आयोजनामा भएको उक्त प्रतियोगितामा बीके सुनचाँदी पसलले मेडस मार्ट फार्मेसीलार्ई १–० गोलले पराजित गरेको थियो ।