• २२ असार २०८१, शनिबार

दुई जनाको हत्या अभियोगमा सोनाम पक्राउ

blog

गोरखापत्र अनलाइन

काठमाडौं, कात्तिक २९ गते । खुर्पा प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । दुई जनाको हत्या अभियोगमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका–५ भगेरी बस्ने २१ वर्षीय पुष्कल भन्ने सोनाम तामाङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो । 

नुवाकोटको दुप्चेश्वर गाउँपालिका–५ भगेरी डाँडा बस्ने १९ वर्षीया सम्झना खतिवडा र उहाँकी छोरी चार वर्षीया कृष्टिना खतिवडालाई धारिलो हतियार खुर्पा प्रहार गरी सोनामले घरमै गएर हत्या गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

खुर्पा प्रहार गर्दा दुवै जनाको सोमबार राति घटनास्थलमै मृत्यु भएको थियो । प्रहरी चौकी समुन्द्रटार र जिल्ला प्रहरी कार्यालय, नुवाकोटबाट खटिएको प्रहरीले सोनामलाई घटनास्थल नजिकै रहेको जङ्गलमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाएको छ ।