प्रहरीले नक्कली नोटको कारोबार गर्ने गिरोहसहित नक्कली जस्तो देखिने हजारको ९७ ओटा नोट र एक थान कटुवा पेस्तोल नियन्त्रणमा लिएको छ ।
पाल्पा क्षेत्र नं . २ मा एमालेबाट यस पटक प्रतिनिधिसभा सदस्यका लागि ठाकुर गैरेलाई उम्मेदवार पाउँदा पाल्पाली मतदाताहरू उत्साही भएका छन् ।
धादिङ जिल्लाको चरौदी भएर बगेको त्रिशूली नदीमा स्वदेशी पर्यटकहरू र्याफ्टिङ गर्न घुइँचो लागेको छ । त्रिशूली र्याफ्टिङलाई नेपालको सबैभन्दा लोकप्रिय ह्वाइटवाटर टुर पनि भनिन्छ ।
एमालेका पूर्व सांसद रामवीर मानन्धर यस पटक स्वतन्त्र उम्मेदवार उठेको विषयले चर्चा बटुलेको छ । मानन्धर २०७० सालको संविधानसभा निर्वाचन र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा एमालेका निर्वाचित सांसद हुनुहुन्थ्यो । यो पटक प्रतिनिधिसभा सदस्य पदमा नेकपा (माओवादी केन्द्र) बाट अस्मिता सिंह (मानुषी) यमी भट्टराई र नेकपा (एमाले) का श्यामकुमार घिमिरेबीच मुख्य प्रतिस्पर्धा हुने देखिएकाे छ ।
नेपाल चेम्बर अफ कमर्सले बैङ्क तथा वित्तीय संस्थाले बढाएको ब्याजदरविरुद्धको आन्दोलन निर्वाचनसम्मका लागि स्थगित गर्न आग्रह गरेको छ ।
अघिल्लो निर्वाचनमा मतदानबाट वञ्चित कैदीबन्दीले यसपटक प्रतिनिधि सभातर्फ राजनीतिक दललाई मतदान गर्न पाउने भएका छन् । मतदान गर्न कैदीबन्दीका लागि जिल्ला कारागार कार्यालय, लमजुङमा अस्थायी मतदान केन्द्र रहने भएको छ ।
मङ्सिर ४ को निर्वाचनका लागि नाम्खा गाउँपालिका – ६ को हिमालपारिको गाउँ लिमीका तीन वटा मतदान केन्द्रका लागि खटिएका कर्मचारीहरू हेलिकोप्टरबाट पुर्याउने व्यवस्था गर्न माग गरिएको छ ।
निर्वाचन आयोगले हाम्रो नेपाली पार्टीकातर्फबाट सिराहा क्षेत्र नं. २ का उम्मेदवार शिवशंकर यादवलाई पुनः स्पष्टीकरण सोधिएको छ ।
जाडो महिना सुरु भएसँगै छालामा विभिन्न समस्या देखिने गर्दछन् । छाला तथा यौनरोग विशेषज्ञ डा. सञ्जुबाबु श्रेष्ठ जाडो मौसममा सुख्खा छाला हुनुका साथै हात, खुट्टा, ओठ फुट्ने जस्ता समस्या बढी देखिने बताउनुहुन्छ ।
जिल्ला निर्वाचन कार्यालय, बागलुङले स्थानीय तहसँगको समन्वयमा मत बदरको मात्र न्यून गराउन मतदानसँग सम्बन्धित विभिन्न अभ्यास गर्दै आएको छ । कार्यालयले जिल्लाका सबै वडामा मतदाता शिक्षा तथा प्रत्येक स्थानीय तहमा पुगेर मतदानको नमुना अभ्यास गरेको हो ।
अमरराज नहर्कीतनहुँ, कात्तिक २४ गते । नेपाली कांग्रेसका सस्थापक नेता तथा जनआन्दोलन २०४६ का सर्वोच्च कमाण्डर लौहपुरुप गणेशमान सिंहले देखाएको मार्गमा हिँडेर नेपाली कांग्रेस पार्टीलाई बलियो बनाउनुपर्ने धारणा वक्ताहरुले व्यक्त गरेका छन् । गणेशमान अध्ययन एवं स्मारक पार्क संरक्षण समिति दमौली, तनहुँद्वारा व्यास नगरपालिका–२ गणेशमानचोकमा गरिएको सिंहको १०८ औं जन्मजयन्ती कार्यक्रममा वक्ताहरुले सो कुरामा बताएका हुन् । गणेशमान सिंहको जस्तो पदको लोभ नगरी त्यागको भावना लिएर अघि बढ्न जरुरी रहेको कुरा अधिकांशको जोड थियो । नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रुपमा उहाँलाई लिइन्छ तर आफू भन्दा पार्टी र देश ठूलो हुन्छ आवश्यक पर्दा त्याग गर्नुपर्छ भन्ने बिर्सने वक्ताहरुको भनाइ थियो । कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सदस्य रामचन्द्र पोखरेलले गणेशमान सिंहलाई सम्झिने तर उहाँले देखाएको मार्गमा नहिँड्दा पार्टी कमजोर भएको बताउनुभयो । पदभन्दा पार्टीलाई ठूलो ठानेर अघि बढ्न जरुरी रहेको बताउनुभयो । काँग्रेस १४ औं महाधिवेशनमा पद प्राप्त गर्न म मात्रै योग्य छु भन्ने भावना त्याग गर्नुपर्ने पोखरेलले बताउनुभयो । टिकट नपाएका व्यक्तिहरुले पनि गणेशमानले जस्तै त्यागको भावना राखेर पार्टी बलियो बनाउने मार्गमा हिँडेर आफ्ना उम्मेदवारलाई जिताउन लाग्नुपर्ने उहाँको भनाइ थियो । नेपाली कांग्रेस तनहुँका पूर्व सभापति रघुनाथ पौडेलले विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको आग्रहमा गणेशमानले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमुना प्रस्तुत गरेको उदाहरण दिँदै उहाँले यसबाट पाठ लिनुपर्ने बताउनुभयो । नेपालको नेपाली जनताले साथ दिएर अगाडि बढेर निरन्तर संघर्ष गर्दै पञ्चायतका कठिन दिनमा स्वतन्त्रता र न्यायको लागि लडेकाले दलित, महिला, जनजाति पिछडिएको समुदायले सम्मानजनक अधिकार प्राप्त गरेको उहाँको भनाइ थियो । गणेशमान अध्ययन एवं स्मारक पार्क संरक्षण समितिका कार्यबाहक अध्यक्ष रामचन्द्र बस्नेतले ससाना कुरामा नअल्झिकन अवसर र चुनौतीलाई सदुपयोग गर्दै सशक्त बनाएर पार्टी हाक्न आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा समितिका सचिव समुन्द्र गोदारलगायतले गणेशमानलाई एकदिन मात्रै सम्झिएर नहुने र प्रत्येक पल सम्झिएर उहाँको पाइला पछ्याउँदै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले ऐतिहासिक र पूरातात्विक खोकनाको बस्ती संरक्षणमा लागिपर्ने बताउनुभएको छ । ललितपुर क्षेत्र नम्बर ३ का प्रतिनिधिसभाका उम्मेदवार समेत रहनुभएका मन्त्री भुसालले ललितपुर महानगरपालिका वडा नं २० स्थित खोकना क्षेत्रको घरदैलोमा उहाँले जनताको पक्षमा निरन्तर लागि रहने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले डोटीको पूर्वीचौकी गाउँपालिका–३, गैरिगाउँलाई केन्द्रबिन्दु बनाएर आएको भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।
भुटेको गेडागुडी, सखरखण्ड र पिँडालुको कला प्रदर्शन गर्ने चाड सकिमिला पुन्हिको अवसरमा जगत सुन्दर ब्वनेकुथी लखुतिर्थले विद्यालय प्रागणमा नेवाः संस्कार र सस्ंकृति प्रदर्शन गरिएको छ ।
बैंक वित्तीय संस्थाहरुले प्रवाह गर्ने कर्जाको ब्याजदरले अधिकांश उद्योगी व्यवसायीहरु सडकमा आउने परिस्थिति सिर्जना भएको हुँदा ब्याजदर घटाउन माग गर्दै कोहलपुरका उद्योगी व्यवसायीले विरोध प्रदर्शन गरेका छन् ।