• १३ असोज २०८१, आइतबार

उपराष्ट्रपतिद्वारा भूकम्पको क्षतिप्रति दुःख व्यक्त

blog

गोरखापत्र अनलाइन

काठमाडौं, कात्तिक २३ गते । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले डोटीको पूर्वीचौकी गाउँपालिका–३, गैरिगाउँलाई केन्द्रबिन्दु बनाएर आएको भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।

उहाँले भूकम्पले घर भत्किँदा निधन भएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । 

उपराष्ट्रपतिले भूकम्पमा परी घाइते हुनुभएकाको उपचार तथा घर भत्किएर विस्थापितलाई उचित बसोवास र खाद्यान्न व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

उहाँले भूकम्पलगायत सम्भावित प्राकृतिक विपत्तिबाट बच्न तथा कम क्षतिका लागि पूर्व तयारीमा ध्यान दिनसमेत ध्यानाकर्षण गराउनुभएको छ ।