• १२ मंसिर २०८१, बुधबार

उम्मेदवार शिवशंकर यादवलाई पुनः स्पष्टीकरण

blog

गोरखापत्र अनलाइन

काठमाडौं, कात्तिक २४ गते । निर्वाचन आयोगले हाम्रो नेपाली पार्टीकातर्फबाट सिराहा क्षेत्र नं. २ का उम्मेदवार शिवशंकर यादवलाई पुनः स्पष्टीकरण सोधिएको छ ।

प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार रहेका यादवलाई कुनै माध्यमबाट सूचना प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग वा जिल्ला निर्वाचन कार्यालय सिराहामा उपस्थित भएर स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको हो । 

स्पष्टीकरण पत्रअनुसार प्रचलित कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने ब्यहोरा जानकारी गराइएको छ । 

पत्रमा एक पटक प्रचलित निर्वाचनसम्बन्धी कानुन, आयोगको निर्देशन र निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको विषयमा स्पष्टीकरण सोधिसकेको अवस्थामा पुनः सोही कार्य दोहोरिएको देखिएको उल्लेख छ ।