प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि यतिबेला उम्मेदवारहरू घरदैलोमा व्यस्त छन् । सप्तरीको चार वटै निर्वाचनमा सत्तारुढ गठबन्धन र एमाले जसपा गठबन्धनबीच कडा प्रतिस्पर्धा हुने भएको छ ।
प्रतिनिधिसभा सदस्यको लागि रौतहट क्षेत्र नं. १ मा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग गौर नगरपालिकाका पूर्व नगरप्रमुख तथा नेकपा एमालेका उम्मेदवार अजय गुप्ताले याे पटक पनि कडा टक्कर दिने सम्भावना बढेकाे छ ।
एक कप अभियान अन्तर्गत उठेको चन्दाबाट युथ आई सर्भिसले ४३ जनाको आँखाको निशुल्क शल्यक्रिया गरेको छ । २६ औँ निशुल्क आँखा शिविर कीर्तिपुरको नगरमण्डप श्री कीर्ति विहारमा शनिबार देशका विभिन्न स्थानबाट आएका विरामीलाई उपचार नेत्र विशेषज्ञ गरिएको हो ।
वन कर्मचारीको टोलीले तस्करीका काठसहित बर्दिबासबाट एकजनालाई नियन्त्रणमा लिएको छ भने दुईजना फरार छन् । ५८ वर्षीय शोभा थिङलाई काठ चिरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।
प्रदेश अस्पताल सुर्खेतमा रहेको न्युरो सर्जरी सेवालाई थप प्रभावकारी बनाउन आवश्यक उपकरण र जनशक्ति थाप्नु पर्नेमा जोड दिइएको छ । सर्जरी विभाग अन्तर्गत न्युरो सर्जन इकाइले शुक्रबार गरेको कार्यक्रममा कम्तीमा पनि तीन जना न्युरो सर्जन डाक्टरसहित आवश्यक उपकरण थाप्नु पर्ने बताइएको हो ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं ८ स्थित भैरहवा बसडिलियाको सिङ्गो गाउँ नै नेपाली कांग्रेसमा प्रवेश गर्दै गृहमन्त्री बालकृष्ण खाणलाई समर्थन गरेको छ ।
भौगोलिक रूपमा सप्तकोसी नदीले चारैतिरबाट घेरिएको गोवरगाढा मतदानस्थलमा मङ्सिर – ४ मा हुन गइरहेको निर्वाचनको लागि मतपेटिकालगायतका निर्वाचन सामग्रीहरु हेलिकप्टरबाट लगिने तय भएको सप्तरीका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिनुभयो ।
विगत लामो समयदेखि बन्द रहेको हाटबजार शनिबारदेखि पुनः सञ्चालनमा आएको छ । एक करोड ३३ लाख रुपियाँ लागतको तम्घासको चारीखोलामा निर्माण भएको हाट बजार गत वैशाखदेखि बन्द रहेको थियो ।
चिसो मौसम सुरु हुँदा पनि तनहुँमा डेङ्गुको सङ्क्रमण बढ्दो क्रममा छ । डेङ्गु सङ्क्रमितको सङ्ख्या बढेपछि सदरमुकामस्थित अस्पतालहरूमा सङ्क्रमितको भिड लागेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आज पनि दुई वटा चुनावी सभालाई सम्बोधन गर्नुहुने भएको छ । देउवा चुनावी प्रचारप्रसारका क्रममा बुधबार काठमाडौंबाट धनगढी हुँदै बिहीबार यहाँ आइपुग्नु भएको थियो ।
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले अतिक्रमण गरेको नेपालको भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरा फिर्ता ल्याएरै छाड्ने बताउनुभएको छ ।
थाहा नगरपालिकाको पर्यटकीय धार्मिक तथा प्राकृतिक सम्पदाको फोटो प्रदर्शनीको आयोजना गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले शुक्रबार सो प्रदर्शनीको उद्घाटन गर्नुभयो ।
निर्वाचन आयोगले गत असोज २८ गतेदेखि सञ्चालन गरेको कल सेन्टरमा बिहीबारसम्म दुई हजार ३९८ वटा जिज्ञासा आएका छन् । आएका सबै जिज्ञासाको समाधान भएको कल सेन्टरका प्रमुख कमल भट्टाराईले जानकारी दिनुभयाे।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि यतिबेला उम्मेदवारहरु घरदैलोमा व्यस्त रहेका छन् । छठपर्व सकिएपछि प्रचारप्रसारले तीव्र गति लिएको हो ।
बाजुराका ७० वटा मतदानस्थलमध्ये ४३ मतदान स्थल अति संवेदनशील छन् । बाजुरा विकट दुर्गम क्षेत्रमा रहेकाले हरेक कुरामा मतदानस्थल निकै संवेदनशील रहेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।