• १२ साउन २०८१, शनिबार

निर्वाचनमा प्रेसको भूमिका महत्वपूर्ण हुन्छ : कार्की

blog

–सञ्चार तथा सूचना प्रविधि एवं कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की ।

जयकृष्ण यादव 

इनरुवा, कात्तिक २० गते । सञ्चार तथा सूचना प्रविधि एवं कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न प्रेसको भूमिका महत्वपूर्ण रहने बताउनुभएको छ । 

आइतबार सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकास्थित चिरौलीमा नेपाली काङ्ग्रेससहितको वाम लोकतान्त्रिक गठबन्धनको सम्पर्क तथा प्रचार प्रसार कार्यालयको उद्घाटन गर्नुहुँदै लोकतन्त्रको गहना निर्वाचनमा प्रेसको भूमिका महत्वपूर्ण रहने बताउनुभयो । 

मन्त्री कार्कीले आफू सुनसरी क्षेत्र नं. ४ को विकास र जनताको भावनाको कदर गर्न उम्मेदवार भएर आएकाले आगामी मङ्सिर ४ गते आफूसहित योग्य उम्मेदवारलाई मतदान गर्न अपिल गर्नुभयो ।