शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अविनाश चौधरी
धनगढी, वैशाख २५ गते । धनगढीको विकासमा कटिबद्ध धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले सेवा सुविधाबापत आफूले प्राप्त गर्दै आएको रकमलाई सामाजिक क्षेत्रमा खर्च गरी रहनुभएको छ ।
जनप्रतिनिधि भएपछि सेवा सुविधाको रकम आफूले उपभोग नगर्ने घोषणा गर्नुभएका उहाँले सामाजिक क्षेत्रमा रकम खर्च गरिरहनुभएको हो । हालसम्म आफूले सेवा सुविधाबापत पाएको रकममा थप गरेर ४४ लाख रुपियाँ सामाजिक क्षेत्रमा खर्च गरिरहेको उहाँले बताउनुभयो ।
उहाँले सार्वजनिक शिक्षाको विकास तथा विपन्न वर्गको शिक्षामा पहुँच, गौ संरक्षण र व्यवस्थापनका लागि रकम खर्च गर्नु भएको छ । यसैगरी, दृष्टि फाउन्डेसन, मानव सेवा आश्रम, आमाको माया छात्रवास, खगेन्द्र नवजीवन केन्द्रलाई पनि सहयोग गरेको पत्रकार सम्मेलनको आयोजना गरेर हमालले जानकारी दिनुभयो ।