• २५ वैशाख २०८३, शुक्रबार

धरानमा अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ लिग प्रतियोगीता

blog

प्रतियोगिताको शुभारम्भ गरिँर्दै ।

निशा राई

धरान, वैशाख २५ गते । धरान उपमहानगरपालिकामा अन्तर्राष्ट्रिय प्याराग्लाइडिङको प्रिमियर लिग प्रतियोगीता सुरु भएको छ ।

प्रतियोगिताको शुक्रबार धरान–४ छोटी मोरङस्थित प्याराग्लाइडिङ उडान स्थलमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गर्नुभयो । कोशी प्रदेश पर्यटनको ठूलो सम्भावना रहेकाले कोशि प्रदेशको पहिलो परिचय पर्यटन विद्या बन्न र राष्ट्रिय आय आर्जन बन्न सक्ने मुख्यमन्त्री कार्कीले बताउनुभयो । 

प्रतियोगिताले साहसिक खेल मार्फत पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने सङ्घले जनाएको छ । नेपालमा प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ खेलको इतिहास चार दशकभन्दा पुरानो भएपनि व्यवस्थित लिग प्रणाली भने पहिलो पटक सुरु गरिएको सङ्घले जनाएको छ ।

प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ सङ्घको आयोजनामा शुरु भएको प्रतियोगिता वैशाख २५ देखि २८ गतेसम्म सम्म सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगिता धरान–४ छोटी मोरङबाट फलाईट भएर धरान–१४ स्थित खत्री धारादेखि उत्तर बेलगाछी पश्चिममा ल्याण्ड हुने छ ।

प्रतियोगितामा अन्तर्राष्ट्रिय खुला, पुरुष, महिला तथा राष्ट्रिय पुरुष र महिला गरी पाँच विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगितामा १८ औँ एसियाली खेलकुदमा पदक जितेका खेलाडीहरू पनि सहभागी छन् ।

प्रतियोगितामा भारत, चीन, श्रीलङ्का, मलेसिया लगायत युरोपेली देशका खेलाडीहरू सहभागी हुनेछन । प्रतियोगिताका विजेतालाई नगदसहित ट्रफी र मेडल प्रदान गरिने आयेजकले जनाएको छ ।

खुल्ला विधामा विजेताले नगद १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रोले ७५ हजार रुपियाँ प्राप्त गर्नेछन् ।  खुल्ला पुरुष टिमतर्फ विजेताले ५० हजार, उपविजेताले ३० हजार र तेस्रोले २० हजार प्राप्त गर्नेछन ।

यसैगरी महिला विधामा विजेताले ४० हजार, उपविजेताले २५ हजार र तेस्रोले १५ हजार पाप्त गरिनेछ । राष्ट्रियतर्फ पुरुष विजेताले ३० हजार, उपविजेताले २० हजार र तेस्रोले १० हजार पाउनेछन् भने महिला विजेताले ३० हजार, उपविजेताले २० हजार र तेस्रोले १० हजार रुपियाँ प्राप्त गर्नेछन ।