• २४ वैशाख २०८३, बिहिबार

ज्यान मुद्दाका फरार प्रतिवादी तीन वर्षपछि पक्राउ

blog

सुजल श्रेष्ठ

प्यूठान, बैशाख २४ गते । जिल्ला प्रहरी कार्यालय प्यूठानले कर्तव्य ज्यानसम्वन्धी मुद्दामा संलग्न रहेको आरोपमा एक जना महिलालाई करिव साढे तीन वर्षपछि पक्राउ गरेको छ । 

प्रतिवादी नखुलेको कर्तव्य ज्यान मुद्दाको अनुसन्धान गरेर जिल्ला प्रहरी कार्यालय प्यूठानले घटनामा संलग्न महिलालाई पक्राउ गरेको जनाएको छ । स्वर्गद्वारी नगरपालिका वडा ६ डाँडाखर्क निवासी ३२ वर्षीय चेती सुनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक हरि भट्राईले जानकारी दिनुभयो । 

६३ वर्षीया धनीकुमार सुनार २०७९ मंसिर १ गते टाउकोमा गम्भीर चोट लागेको अवस्थामा मृत फेला पर्नुभएको थियो । सोही घटनाको अनुसन्धानका क्रममा   मृतककी सौतेनी कान्छी बुहारी चेती सुनार घटनामा संलग्न रहेको खुल्न आएको प्रहरी निरीक्षक भट्राईले जानकारी दिनुभयो ।

घटनाको विषयमा जिल्ला अदालत प्यूठानबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।