शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
प्रेमराज सिम्खडा
कालीकोट, वैशाख २४ गते । कालीकोटको रास्कोट नगरपालिका केन्द्रदेखि सान्नीत्रिवेणी गाउँपालिकाको केन्द्र मेहेलमुडीको सिरानमा रहेको बल्लेलेकमा हिमपातले डाँडाको सुन्दरता बढाएको छ ।
बर्षापछि टाटेपाटे घाम, नगरपालिकाको केन्द्रको सपाट मौसम पश्चिममा रहेको सान्नीत्रिवेणी गाउँपालिकाको केन्द्र त्यसको सिरानमा रहेको बल्ले पहाडमा जमेको हिउँलाई मोवाइलमा कैद गर्नेको भिड लाग्छ । बिहानको सुन्दर दृश्यमा छिमेकी गाउँपालिकाको समथल मैदानदेखि बल्ले हिमाल कैद गर्नेको घुइँचो लाग्छ ।
रास्कोट नगरपालिकामा ब्यापार गर्दै आउनुभएकी रोजना केसी महताराले रास्कोट नगरपालिकादेखि चुली, त्रिवेणी र बल्ले हिमाल प्रस्ट देखिने भएकाले यहाँ मौसम खुलेपछि तस्बिर लिनेको भिड लाग्ने गरेको बताउनुभयो ।