शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
बिष्णुप्रसाद पोखरेल
दमक, वैशाख २५ गते । झापाको हल्दिवारीमा विहीबारदेखि हराइरहनु भएका ८० बर्षीय बृद्ध मृत अवस्थामा भेटिनुभएको छ । पाँचथरको कुम्मायक गाउँपालिका घर भएका ८० वर्षीय मानभक्त लावती हल्दिबारी गाउँपालिका–१ स्थित पैनीमा मृत अवस्थामा भेटिनुभएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उहाँ छोरीको घरमा बस्दै आउनु भएको थियो ।
शुक्रबार दिउँसो ४ बजेदेखि हराइरहनु भएको उहाँको खोजी भइरहेको थियो । शुक्रबार बिहान करिब ६ बजे स्थानीय कुमारी शाहशंकर घाँस काट्न जाने क्रममा हल्दिवारी–१ को पैनीमा लावतीलाई मृत अवस्थामा देख्नुभएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता दिपककुमार खड्काले बताउनुभयो ।